२८,कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले भुरावगर खोली वजारका अग्नि पीडितलाई शनिवार साँझ तत्काल आधारभूत राहत वितरण गरेको छ । नेकपाले अग्नीपीडितहरुलाई चाउचाउ र चिउरा वितरण गरेको छ ।
यस्तै आगलागीका कारण संक्रमण हुन सक्ने रुघा खोकी तथा कोरोना भाईरसको खतरालाई मध्यनजर गर्दै नेकपाले माक्स वितरण गरेको पनि जनाएको छ ।
आगलागीका कारण समस्यामा परेका अग्नी पीडितहरुको उद्धार गर्न कार्यकर्ता पनि खटिएका छन । यस्तै पचलझरना गाउँपालिकाले अग्नि पीडित प्रति घर परिवारलाई एक एक कट्टा चामल र दाल वितरण गरेको जनाएको छ । गाउँपालिकाले आईतवार लुगा, भाडा वर्तन उपलव्ध गराउने पनि जानकारी दिएको छ ।
जिल्लाको पचलझरना गाउँपालिका वडा नम्वर ८ खोलीवजारमा शनिवार दिउसो १ वजे आगलागी हुदा ६ वटा घर जलेर पूर्ण नष्ट भएका थिए ।
आगलागीवाट मानवीय क्षेति नभए पनि लत्ता कपडा,भाडा वर्तन,खाद्यन सवै जलेर नष्ट भएको पीडितहरुले वताएका छन ।
आगलागीका कारण झण्डै १२ देखि १५ लाख सम्मको धनमाल क्षति भएको पचलझना गाउँपालिकाका अध्यक्ष खडकराज सेजुवालले जानकारी दिनु भएको छ । विरमाने सार्की, धनराज सार्की,अमृते सार्की, अती सार्की, भैरे सार्की र दुर्ग सार्कीको घर आगलागीले नष्ट भएको गाउँपालिका अध्यक्ष सेजुवालले वताउनु भयो ।
वालवालीकाहरुले खेलाएको आगोले घर सम्म फैलिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन । स्थानीय,प्रहरी,नेकपा कार्यकर्ता लगायतको सकृयतामा दिउसो ४ वजे आगो नियन्त्रणमा लिएको नेकपाले जनाएको छ ।
यसैविच आगलागीको घटनाप्रति विप्लव नेतृत्वको नेकपा कालिकोटले दुख व्यक्त गरेको छ । घटनाका पीडितहरुलाई तत्काल राहत तथा पूर्नस्थापनाको व्यवस्था गर्न पनि सम्वन्धित सरोकारवाला संग माग गरेको छ । पार्टीका जिल्ला इन्चार्ज रणदिप र जिल्ला सेक्रेटरी साहासीले फेसवुकमा स्टाटस लेख्दै घटना प्रति आफ्नो पार्टी मर्माहीत भएको र पीडितको उद्धारका लागि पार्टी साथमा रहेको वताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस