माल्काेटे महिलाहरूकाे शाहसीक प्रतिरोधले जनयुद्धलाई अन्तर्राष्ट्रियकरण गर्याे: नेता भरत सी

२७, चैत, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले माल्काेटे महिलाहरूकाे शाहसीक प्रतिरोधले नेपालमा मात्रै हैन जनयुद्धलाई अन्तर्राष्ट्रियकरण गरेको बताउनुभयो ।

नेकपा कालिकोटले जिल्लाकाे सदरमुकाम मान्ममा आइतबार विथलडाँडा घटनाको स्मरणमा आयाेजित विरता दिवसलाई सम्बाेधन गर्दै नेता भरत सीले प्रहरीको जनदमनका विरूद्व आक्राेशित भएका महिलाहरूकाे प्रतिकारले जनयुद्धलाई नेपालमा मात्रै हैन अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएकाे बताउनुभएको हाे ।

प्रमुख अतिथि समेत रहनुभएका नेता भरत सीले भन्नुभयो “राज्यकाे माओवादी सिध्याउने, जनयुद्धलाई सिध्याउने, निशेध गर्ने नीति अनुसार माल्काेटकाे विथलडाँडा पुगेको प्रहरीले राता ब्यानर देखेपछि गाेलि चलायाे र महिलाहरू घाइते भए, याे बाट आक्राेशित भएका महिलाहरू प्रतिकारमा जुटे र प्रहरीको हतियार खाेसेर पार्टीलाई बुझाएको याे विथलडाँडा महिला प्रतिकारले जनयुद्धमा नयाँ आयम कायम गर्याे ।”

उहाँले नेपाललाई मात्रै हैन कालिकोट, माल्काेटलाई याे महिला प्रतिरोधले अन्तर्राष्ट्रियकरण गरेको भन्दै विथलडाँडामा बगेको रगत बिर्सेकाे छैन र कुनैपनि क्रान्तिकारीले बिर्सिन नहुने बताउनुभयो ।

नेता भरत सीले भन्नुभयो “जनयुद्धमा देखिएको सपना अधुरा अपुरा छन पुरा गर्नकाे लागि त्यो बगेको रगतलाई छातीमा राखेर आफ्नो नशामा बगेको अनुभुति गरेर हामी निरन्तर अगाडि बढेका छाैं ।”

उहाँले जबसम्म क्रान्ति पुरा हुदैन, सहिदहरूका सपना पुरा हुदैनन् , जबसम्म जनता र राष्ट्र मुक्त हुदैन, तबसम्म निरन्तर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेता भरत सीले संसदवादी पार्टीहरूले आफू र आफ्नो आफन्तलाई बाेसाे लगाउने राजनीति गरेको आराेप लगाउनु भयो ।

उहाँले संसदीय पार्टीले एकअर्कालाई आराेप प्रत्याराेप लगाउने राजनीति गरेको भन्दै आराेप प्रत्याराेपकाे नभइ विचारको राजनीति हुनुपर्ने टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो “यो गणतन्त्र होइन, लुटतन्त्र हाे, त्यो दलाल व्यवस्था हो, त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था नआउदासम्म देशको मुक्ति हुदैन ।”

कार्यक्रममा बाेल्दै नेकपा पाेलिट ब्युरो सदस्य तथा अनेम संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष बन्धु सीले महिलाहरुको पुर्ण मुक्ति समाजवादी क्रान्तिवाट मात्रै हुने बताउनुभयाे ।

उहाँले महिलाहरुमाथिको लैङ्गिक, सामाजिक, सास्कृतिक, आर्थिक र राजनीतिक उत्पीडनको अन्त्य समाजवादी क्रान्तिबाट मात्रै हुने ठाेकुवा गर्नुभयो ।

नेता बन्धु सीले माल्काेटे महिलाहरूले जुन विरता पुर्ण शाहसले संघर्ष गरे त्यसले २५० वर्ष पुरानो राज्यसत्ता ढाल्दै व्यवस्था परिवर्तनमा ठुलो याेग्दान गरेको स्मरण गर्नुभयो ।

उहाँले महिलाहरूले विथलडाँडा घटना देखि गाेर्खा जेल ब्रेकसम्म ठुला ठुला याेग्दान गरेको स्मरण गर्दै त्यसले आंशिक परिवर्तन भएपनि पुर्ण परिवर्तन नभएकाे बताउनुभयो ।

नेता बन्धु सीले नेपालको वर्तमान संसदीय व्यवस्थाको संविधान र कानुनमा जतिसुकै समानुपातिक र समावेशिताको नारा दिए पनि यो व्यवस्थाका सञ्चालकहरुले त्यो मुद्दालाई व्यापारको विषय बनाएको र आफ्नो स्वार्थमा उपयोग गरेकाे बताउनुभयो ।

कार्यक्रममा बाेल्दै मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले याे महिलाहरूको विरताले निरंकुश राजतन्त्रको अन्त्य र बैज्ञानिक समाजवाद स्थापनाकाे लागि महत्त्वपूर्ण याेग्दान गरेको बताउनुभयो ।

उहाँले दलाल संसदीय व्यवस्थाकाे अन्त्य गरि बैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिमा आबद्ध हुन सम्पूर्ण परिवर्तनकारी, देशभक्त र बामपंथीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा २०५४ चैत २६ गते माल्काेट विथलडाँडाकाे महिलाहरूको विद्रोहमा प्रत्यक्ष सहभागी घाइते ७० वर्षीय पुना बिकलाई सम्मान गरिएको थियोे ।

चार/ पाँच सयको संख्यामा मान्मकाे जिराेपाेइन्टबाट नारा जुलुस सहितकाे र्यालिले प्रतिमाचाेकमा पुगेर आमसभा गरेको थियो ।

कार्यक्रममा प्रभात स्मृति जनसांस्कृतिक परिवार र स्थानीय कलाकारले विभिन्न क्रान्तिकारी गीतमा नृत्य तथा देडडा गीतहरु प्रस्तुत गरेका थियो ।

अनेम संघ (क्रान्तिकारी) मध्य कर्णाली ब्युरो संयोजक शान्ति सीकाे अध्यक्षता रहेको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कर्णाली मुक्तिमोर्चाकाे संयोजक विराट सी, कालिकोट जिल्ला इन्चार्ज वलवान सी, सुर्खेत जिल्ला इन्चार्ज धु्र्व सी, दैलेख जिल्ला इन्चार्ज विवेक सी, नेकपा केन्द्रीय सदस्य अविचल सी लगायतका अतिथिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस