२७ वैशाख,काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पीसीआर परीक्षणमा नेपालमा ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ जना निको भएका छन् भने १३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ र निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा ३ हजार ६०७ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजार ७७५ जना, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जना थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस