आर्थिक समृद्धिका लागि सामुदायिक वन जोगाउन नगर बासी सबैलाई आग्रह, तीन दिने तालिम सम्पन्न

जेठ २७, कालिकोट । सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारिहरुका लागि तीन दिने सामुदायीक वन व्यवस्थापन सम्वन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

खाँडाचक्र नगरपालीका भित्र रहेका वनहरुको संरक्षण गर्दै बृक्षरोपणको माध्यम मार्फत हरीत तथा अर्गानिक नगरपालिका वनाउने उद्देश्यले क्षमता अभिबृद्धि तालिमको आयोजना गरिएको हो ।

खाँडाचक्र नगरपालिकाको सहयोग, सामुदायीक वन उपभोक्ता महासंघ (फेकोफन) कालीकोटको समन्वय , सहजीकरण र सामाजिक समानताको लागि विकास साझेदार समाज (पेड्सन) नेपाल कालीकोटले बैशाख १८ गते देखि तालिम सञ्चालन गरेको थियो ।

तालिम उद्घाटन गर्दै नगर प्रमुख जसीप्रसाद पाण्डेले नगरपालिकालाई हरित नगरपालिका बनाउन आवश्यक नीति तथा कार्यक्रमको उचित व्यवस्था मिलाउने र वातावरण संरक्षण र विकास गर्न आवश्यक स्रोत साधनको व्यवस्था मिलाउने प्रतिवद्धता गर्नुभएका छ ।

साथै उहाँले वन व्यवस्थापनको क्षेत्रमा सवै नगरवासिहरुको वन वातावरण संरक्षण गर्न आ–आफुमा ईच्छा भएमा उपाय नगरपालीका हुने धारणा राख्नुभएको छ ।

आगामी आ.व २०७५÷०७६ को बजेट तथा कार्यक्रममा वृक्षारोपण, नर्षरी व्यावस्थापन तथा आर्यआर्जनका क्रिकलापहरु संचालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने र समुदाय स्तरमा विभिन्न क्षमता अभिवृद्धी तथा सचेतना फैलाउने खालका कार्यक्रम संचालन गर्नु पर्नेमा नगर प्रवक्ता पुष्पराज गिरीले जोड दिनुभयो ।

साथै उहाले विश्व तापमानको चक्रमा परिरहेको र जलवायु परिवर्तनको चपेटामा परेको अवस्थामा नेपाल सरकारले र स्थानीय सरकारले वन तथा वातावरण संरक्षणका क्षेत्रमा लगानी गर्नुपर्ने वताउनुभयो ।

वन व्यावस्थापनका लागि सामुदायीक वन उपभोक्ता समुहहरु, स्थानीय सरकार, जिल्ला वन डिभिजन कार्यालय लगाएतका निकायहरु समन्वय सहकार्यका साथ अगाडी वढ्नु पर्ने धारणा जिल्ला वन डिभिजन कार्यालयका प्रमुख प्रकाश वस्नेतले राख्नु भयो ।
वनको संरक्षण विना हामी स्वास प्रश्वस कसरी फेर्ने र बाच्ने कसरी आफ्नो बालबालीकामा जति लगानी गरीन्छ त्यतिनै रुख विरुवामा लगानी गर्नु पर्ने हुन्छ ।

कार्यक्रममा बोल्दै सामुदायीक वन उपभोक्ता महासघं नेपाल फेकोफन कालीकोटका अध्यक्ष कलिबहादुर मल्लले नेपालमा वन व्यावस्थापनको क्षेत्र सामुदायीक वन उपभोक्ता समुहहरुले वनको संरक्षण , विकास र उपयोगको लागी उत्कृष्ट काम गरेको वताउनुभयो । नेपालमा हाल कुल भुभागको ४४.७८% वन सामुदायीक वनहरुको योगदानको कारणले वनक्षेत्रमा उल्लेखनीय उपलब्धी भएका छ  ।

नगरपालिकालाई हरावरा वनाउन नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३० मा भएको स्वच्छ वातावरणको हकको उपधारमा भए व्यवस्था र राज्यका नीतिहरुमा प्राकृतिक स्रोत साधनमा सवै नागरीकको समान अधिकार सम्वन्धि व्यवस्थाको आधारमा नगरमा वन विकास तथा संरक्षणको लागी नगरले आवश्यक नीति , निर्देशिका र रणनीतिहरु वनाई बन क्षेत्रमा लगानी गर्नेुपर्ने आवश्यकता छ ।

पेड्सन नेपालका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा सञ्चालन भएको तालिममा वन ऐन २०४९ , निमावली २०५१ र सामुदायीक वन विकास मार्गदर्शन २०७१ ले सामुदायीक वन उपभोक्ता समुह र उपभोक्ताहरुलाई प्रदत्त अधिकारको परिपालन गर्ने विषयमा सहभागिलाई जानकारी गराइएको थियो ।

हालसम्म देशभरी २२ लाख ३७ हजार ६ सय ७० हेक्टर वनक्षेत्र सामुदायिक वनका रूपमा २२ हजार २ सय ६६ समूहलाई हस्तान्तरण भइसकेको छ भने सामुदायिक वन व्यवस्थापनमा २९ लाख ७ हजार ८७१ घरधुरी संलग्न देखिएको छ ।

३४ वटा सामुदायिक वन समूहका पदाधिकारीलाई १५ दिनसम्म चलेको तालिमको सहजिकरण फेकोफनका अध्यक्ष कालिवहादुर मल्ल, पेड्सन नेपालका अध्यक्ष नेपालीले सहजिकरण गर्नु भएको थियो ।

सामुदायिक वनका प्रगतिलाई उत्सवका रूपमा देशव्यापी रूपमा मनाउन आर्थिक वर्ष २०७२÷७३ देखि सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु भएको छ ।

सामुदायिक वनको उद्दगमस्थल सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा वि.सं. २०३०, साउन २५ गतेलाई नेपाल सरकारबाट पहिचान गरी प्रत्येक वर्षको साउन २५ गतेलाई सामुदायिक वन राष्ट्रिय दिवसका रूपमा मनाई जिल्ला तथा राष्ट्रिय स्तरमा सामुदायिक वनका अभियन्तालाई खोजी गरी सम्मान गर्ने गरेको छ ।

नगरपालिकाका ११ वटै सामुदायीक वन समुहका पदाधिकारीहरुको लागी ५ चरणमा तिन दिने तालिम संचालन भएको थियो । पहिलो चरणको तालिम खाँडाचक्र न.पा. १ र २ वडाका ६ वटा सामुदायकि बन उपभोक्ता समितिका लागी चन्द्र सुर्य होटल मान्म , दोस्रो चरणको खाँडाचक्र न.पा. ३ र ४ वडाका ६ वटा सामुदायकि बन उपभोक्ता समितिका लागी खाडाचक्र नगरपालिका वडा नम्बर १ को कार्यालयको सभा हल मान्म, तेस्रो चरणको खाडाचक्र नगरपालिका वडा नम्बर ११ को वडामा ६ वटा सामुदायकि बन उपभोक्ता समितिका लागी खाडाचक्र नगरपालिका वडा नम्बर १ वडा कार्यालय सभाहल मान्ममा सम्पन्न भएको हो ।

यस्तै चौथो चरणको खाँडाचक्र खाडाचक्र नगरपालिका वडा नम्बर ५, ६ र ७ वडाका ९ वटा सामुदायकि बन उपभोक्ता समितिका लागी खाडाचक्र नगरपालिका वडा नम्बर ६ मोल्फा र पाँचौ चरणको खाँडाचक्र खाडाचक्र नगरपालिका वडा नम्बर ८, ९ र १० वडाका ५ वटा सामुदायकि बन उपभोक्ता समितिको लागी खाडाचक्र नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको सभा हल पाखाँमा शनिवार सम्पन्न भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस