कर्णालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

२७ जेठ, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर थप ६ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिनु भयो ।

डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका पाँचजना र सल्यानका एकजना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशभर बिहीबार २९२ जनाको पीसीआर परिक्षण गर्दा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४०७ जनाको एन्टीजेन परीक्षणबाट १३९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । यो संगै प्रदेशमा हालसम्म कोरोना जित्नेको संख्या २१ हजार २०६ पुगेको छ ।

आज मात्रै २७९ जना आशोलेनमा थप भएको निर्देशनालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा सक्रिय संक्रमितहरूको संख्या ३ हजार ६४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस