पत्रकार चौधरीलाई गिरफ्तारको प्रयासप्रति जनपत्रकार संगठनको आक्रोश

प्रेस तथा स्वतन्त्रताको धज्जी नउडाउन सरकारलाई आग्रह

साउन २५, काठमाडौं । जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश डटकमकी जानकी चौधरीलाई प्रहरीले शुक्रबार दाङबाट गिरफ्तार गर्ने प्रयास गरेको छ । जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले शुक्रबारै एक विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरीय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासंघ दाङको सभाहल पुगेकी पत्रकार जनकी चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेकोप्रति घोर निन्दा र भत्र्सना गरी सरकारको यस्तो कदम सैह्य नहुने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अभियान नरोकिने साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

अध्यक्ष डम्रे र महासचिव विष्टले विज्ञप्तिमा भनेका छन्, ‘जनपत्रकार संगठन, नेपालकी केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश डटकमकी सम्पादक जानकी चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेको छ । नेपाल पत्रकार महासंघले दाङको घोराहीमा आयोजना गरेको प्रदेश नम्बर ५ स्तरीय कार्यशाला गोष्ठीमा भाग लिन पुगेकी केन्द्रीय कोषाध्यक्ष चौधरीलाई महासंघको कार्यक्रमबाटै गिरफ्तार गर्ने प्रयासप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।

कोषाध्यक्ष चौधरीलाई गिरफ्तार गर्ने प्रहरीको प्रयासलाई नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला नेतृत्वसहितका पत्रकारहरुले विफल पारेका छन् । वर्तमान सरकार फरक विचार र आस्था राख्ने पत्रकारप्रति पूर्वाग्राही र निषेधात्मक तरिकाले अगाडि बढ्ने प्रयास गर्नुको साथै पत्रकारका नियमित कार्यक्रमलाई प्रभावित गराउने गरी निगरानी गर्ने, मानसिक रुपमा टर्चर दिने काम गरिरहेको छ । फरक विचार तथा आस्था राख्न पाउने संवैधानिक अधिकार कुल्चदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने सरकारी कदमको हाम्रो संगठन घोर निन्दा र भत्र्सना गर्दछ ।

सरकारको यस्तो कदम सैह्य नहुने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो अभियान नरोकिने पनि प्रष्ट पार्न चाहन्छौं । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दछौं ।’

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस