२२ असोज,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन युवा संगठन नेपाल र अखिल क्रान्तिकारीले मध्यकर्णाली व्यूरोका जिल्लाहरुमा इजरायलमा मारिएका नेपाली विद्यार्र्थीको स्मरणमा दिप प्रज्वलन गरेका छन ।
मध्यकर्णाली व्यूरोका कालिकोट,सुर्खेत र दैलेख जिल्लामा नेकपाका भातृ जनबर्गीय संगठनहरुले मंगलवार साँझ दिप प्रज्वलन गरेका हुन । दिप प्रज्वलन कार्यक्रममा जनबर्गीय संगठनका नेताहरुले नेपाली युवा विद्यार्थीहरु इजरायलमा निधन हुनु दुखत भएको बताएका छन ।
उनीहरुले राज्यसत्ताको गलत नीतिका कारण नेपाली युवा विद्यार्थीहरुले विदेशमा अकालमा ज्यान गुमाउनु परेको बताएका छन ।
अखिल क्रान्तिकारी र युवा संगठन नेपालका नेताहरुले इजरायलमा ज्यान गुमाएका १० जना नेपाली युवा विद्यार्थी प्रति हार्दिक श्रद्धाञ्जली दिदै घरपरिवारमा गहिरो समवेदना व्यक्त गरेका छन ।
उनीहरुले विदेशमा नेपाली युवा विद्यार्थीहरु अकालमा मर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसंग माग गरेका छन ।
युवा विद्यार्थीहरुले शवहरु नेपाल छिटो ल्याउन र घाईते तथा असुरक्षित नेपालीहरुको शिघ्र उद्धार गर्न माग पनि गरेका छन ।
प्यालाष्टिनी इस्लामीक स्ट्ट समूह हमासले शनिबार इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस