२४ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलवार वाट कपिलवस्तुको शिवगढीमा नवौं महाधिवेशन सुरु हुदैछ ।
महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपाले जनाएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि पर्यवेक्षकहरु महाधिवेशन स्थलमा पुगनेक्रम जारी छ । कतिपय जिल्लाका प्रतिनिधिहरु अविरल वर्षाले वाटो अवरुद्ध गरेकाले समयमा पुग्न कठिन भएको छ ।
महाधिवेशनले आफ्नो मुल नारा एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाईमा विकास गरौं ! अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ गरौं ! भन्ने तय गरेको छ ।
महाधिवेशन नयाँ विचार संश्लेषणका लागि ऐतिहाशिक हुने नेकपाले अनुमान गरेको छ । कपिलवस्तुमा आफ्नै केन्द्रीय कार्यालय निमार्ण गरेको नेकपाले नवौं महाधिवेशन गर्नुलाई अर्थपूर्ण रुपमा लिएको छ ।
महाधिवेशनमा नेकपाका महासचिव विप्लवले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । पार्टीको सर्वोच्च निकाय महाधिवेशन भएकाले महाधिवेशनले पार्टीको आगामी नीति,कार्यदिशा र रणनीति तय गर्नेछ ।
पार्टीले चुनावी कार्यनीति उपयोग गर्दा संसदवादी भएको आरोप लगाएर वाहिरीएका कञ्चन र सुदर्शन समूहलाई पनि महाधिवेशनले जवाफ दिनेछ ।
खास गरेर विश्व कम्युनिष्ट आन्दोलनमा समाजवादी सत्ता प्राप्त भएपछि सजिलै प्रतिक्रान्ति हुनु र पूँजीवाद पूर्नस्थापित हुनु क्रान्तिकारी कम्युनिष्टका लागि गम्भीर समिक्षाको विषय भएको भन्दै नेकपाले आफ्नो राजनैतिक प्रस्तावमा त्यसलाई रोक्न विचार विकास गर्नुपर्ने कुरामा जोड दिएको छ ।
दर्शन,राजनैतिक अर्थशास्त्र,वैज्ञानिक समाजवादका क्षेत्रमा माक्र्स,लेनिन र माओले जति विचार विकास गर्न भएको छ त्यो अहिलेको परिस्थितिमा अभाव भएको ठहर गर्दै त्यसको आधारमा टिकेर थप विकास गर्नुपर्ने नेकपाले औल्याएको छ ।
नेकपाले राजनैतिक प्रस्तावमा विश्व बहुध्रुवमा गएको साम्राज्यवाद भुमण्डलीकृत पूँजीवादमा विकास भएको वताएको छ ।
नेकपाले यस्तो वेला क्रान्तिकारीहरुले पनि भुमण्डलीकृत पूँजीवादी सत्ताका विरुद्ध नयाँ विचार विकास गरेर मात्र क्रान्ति पुरा गरी रक्षा र विकास गर्न सकिने राजनैतिक प्रतिवेदनमा प्रस्ताव गरेको छ ।
महाधिवेशन प्रतिनिधिहरुले यि विषयमा समुहगत छलफल वहस गर्ने छन । यस्तै असोज ३१ गते सम्म चल्ने महाधिवेशनले केन्द्रीय समितिको संख्या निर्धारण गर्ने देखि केन्द्रीय समितिका सदस्य समेत निर्वाचित गर्नेछ ।
मुख्यतः नेकपाले नेपालमा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने क्रान्तिकारी कार्यदिशा महाधिवेशन बाट तय गर्ने दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस