२५ कार्तिक, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला पार्टी सचिवालय सदस्यको जिप दुर्घटनमा मृत्यु भएको छ ।
आईतवार जिल्लाको पलाता गाउँपालिकाको राडुनेटामा ७ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनामा विप्लवका कालिकोट जिल्लाका सचिवालय सदस्य पदम बम ( प्रशान्त सी)को मृत्यु भएको सो पार्टीले पुष्टि गरेको
नेकपाका जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी बलवान सीले एक शोक वक्तव्य जारी गरी आफ्नो पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य पदम बम ( प्रशान्त सी ) को दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका हुन ।
लामो समय देखि क्रान्तिकारी विचार र आन्दोलनमा लागेर समाजसेवा गरिरहनु भएका बमको निधनले पार्टीलाई अपूरर्णीय क्षति पुगेको नेकपाले जनाएको छ ।
नेकपाले दुर्घटनामा परी मृत्यु भएका जिल्ला कमिटीका सचिवालय सदस्य बमको घटनाप्रति गहिरो शोक व्यक्त गर्दै उहाँलाई हार्दिक श्रद्धाञ्जली दिएको छ । बमका आफन्तजनहरुप्रति यस दुखत घडिमा धैर्यधारणाको कामना गर्दै नेकपाले गहिरो समवेदना समेत व्यक्त गरेको छ । दुर्घटनामा मृत्यु भएका नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य बमको घर पलाता नै हो ।
प्रतिक्रिया दिनुहोस