विप्लवको नाममा चन्दा उठाउने गिरोह पक्राउ


२५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता भएको बताएर काठमाण्डौ उपत्यकाका व्यवसायीबाट चन्दा असुली गर्दै हिड्ने चार जनाको गिरोह पक्राउ परेको छ ।
पक्राउ पर्नेमा नुवाकोटका विन्तोष सिलवाल (सुनार), रामेछापका रामदल श्रेष्ठ (अटल), काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य रहेका छन् ।उनीहरु विप्लव नेतृत्वको नेकपामा कुनै संलग्न नभएको पाइएको छ । तर नेकपालाई वदनाम गराउन चन्दा असुली गर्दै हिडेको भेटिएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
महाशाखाका एसएसपी दिपक थापाका अनुसार उनीहरुले माग बमोजिम चन्द नदिए भौतिक कारबाही गर्ने समेत चेतावनी दिँदै आएका थिए । व्यवसायीबाट प्राप्त गुनासोपछि अनुसन्धान गर्ने क्रममा धम्की दिने व्यक्ति विप्लव समूहमै आबद्ध नभएको खुलेको थापाको भनाइ छ ।
हाल पक्राउ परेका सबै जनामाथि आपराधिक लाभ लिन नहुने सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस