नेकपा (माओवादी)कालिकोटको बैठक आजदेखि सुरु

२४ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कालिकोट जिल्लाको ११ औं जिल्ला समितिको बैठक आजदेखि रास्कोटमा सुरु भएको छ ।
रास्कोट नगरपालिकाको आरसीपी बजारमा जारी बैठक तथा प्रशिक्षणमा जिल्ला समितिका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको छ ।
आजको बैठकमा जिल्ला सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका छन । रिपोर्ट दिने अधिकांस जिल्ला सदस्यहरुले पार्टी पहिलो पटक निर्वाचन आयोगमा दर्ता भएर चुनाव उपयोग गर्ने तयारीमा रहेकाले पार्टीलाई जनतासम्म विस्तार गरेर लैजानु पर्ने सुझाव दिएका छन ।
बैठकलाई नेकपाका पोलिट व्यूरो सदस्य तथा प्रमुख अतिथि एटम सीले उद्घाटन गर्दै बैठक ऐतिहाशिक हुने विश्वास व्यक्त गर्नु भएको छ ।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु विराट सी, जिल्ला इन्चार्ज विवेक सी, बलवान सी,रणदिप सी, दिनेश सी, अडिक सी, रमेश सी, साहसी सी,सल्लाहकार समग्र सी लगायतका नेताहरुको सहभागिता रहेको छ ।
भोलिसम्म चल्ने बैठकले राजनीतिक, बैचारिक सांगठनिक तथा निर्वाचन तयारीका कामकाबारे महत्वपूर्ण निर्णय गर्ने नेकपा (माओवादी)ले जनाएको छ । आजका लागि स्थगित भएको बैठक भोलि पुन सुरु हुनेछ । बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी बलवान सीले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस