परासी जिल्लामा जेनजी सहित १ दर्जन युवा माओवादीमा प्रवेश

२७ पुस, परासी । नेकपा (माओवादी)ले पश्चिमबाट सुरु गरेको समाजवादी जागरण अभियानका क्रममा जेनजी सहित १ दर्जन युवा माओवादीमा प्रवेश गरेका छन ।
आईतवार परासी जिल्लाका विभिन्न ठाउँमा समाजवादी जागरण अभियानले संचालन गरेको कोणसभा कार्यक्रममा जेनजी सहित १ दर्जन युवाहरु माओवादीमा प्रवेश गरेका हुन ।
जिल्लाको बर्दघाट बजारमा भएको कार्यक्रममा जेनजी युवाहरु अध्ययन पाठक, अमिर तामाङ,रन्जित सुनार, विश्व पौडेल,भिकु मल्ल, सन्दीप परियार,नविन थारु र सम्राट रोक्का गरी ८ जना जेनजी युवाहरु माओवादीमा प्रवेश गरेका छन ।
यस्तै जिल्लाको रामग्राम नगरपालिका ५ बुद्ध चोकमा भएको कार्यक्रममा युवा महेश हरिजन र रोहित हरिजन माओवादीमा प्रवेश गरेका छन ।
जिल्लाकै सुनवल भूमही चोकमा भएको कार्यक्रममा टिका चौधरी र जनार्दन वासकोर विप्लवले नेतृत्व गरेको माओवादीमा प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई समाजवादी जागरण अभियानका प्रमुख प्रेम सीले स्वागत गर्दै पार्टी प्रवेश गराउनु भएको छ ।

उहाँले नवप्रवेशीहरुलाई माओवादीमा प्रवेश गरेकोमा हार्दिक बधाई समेत दिनु भएको छ । नवप्रवेशीहरुले अरु पार्टीहरु भ्रष्ट र विदेशीका दलालहरु भएको भन्दै आफूहरुले नयाँ पुस्ताका लागि विप्लवको एजेण्डा मन परेकाले माओवादीमा प्रवेश गरेको बताएका छन ।
नवप्रवेशी टिका चौधरीले जनताको एकमात्र मुक्ति र देशको रक्षाको लागि लड्ने पार्टी विप्लवको नेतृत्वको माओवादी मात्र देखेकाले यसमा प्रवेश गरेको बताउनु भएको छ । कार्यक्रममा सबै अभियान टिमका सदस्यहरु र जिल्ला पार्टीका नेताहरुले पनि नवप्रवेशीहरुलाई भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस