२७ पुस, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य विराट सीले महान सहिद विवश, इन्द्रजित र मदनको अधुरो सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेकपा (माओवादी) रास्काेट नगर कमिटीले आइतबार सहिद विवशकाे घर काेलिगाँउमा आयाेजना गरेको २५ औं स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै नेता विराट सीले महान सहिद विवश, इन्द्रजित र मदनको योगदानको चर्चा गर्दै उहाँको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता विराट सीले राज्यसत्ता परिवर्तनको महान जनयुद्धमा हाँसी हाँसी उच्च बदिलान गर्ने महान सहिदहरुको अधुरो सपना पुरा गर्ने प्रतिबद्धता सहित उच्च सम्मान गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीले महान सहिद बिश्व नाथ योगी (विवश), पुषपराज न्याैपाने (इन्द्रजीत), मदनकाे योगदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले सहिदको सपना पुरा गर्ने उद्देश्य लिएर बाँचेका क्रान्तिकारी कम्युनिस्ट र माओबादीहरुले समाजवादी क्रान्तिको यात्रामा लाग्नु पर्ने उद्घोष गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओबादी) केन्द्रीय प्रतिनिधि सदस्य सदस्य समग्र सीले जनयुद्धका सहिद हरूले कल्पना गरेको नेपालमा जनवादी व्यवस्था प्राप्त नभएको बताउनुभयाे । उहाँले जनयुद्धका सहिदहरुको सपना पुरा गर्न सबै परिवर्तनको पक्षयधर एक भए लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी) केन्द्रीय प्रतिनिधि सदस्य छाया सी, सहिद विवशको जीवनसंगीनी संगिता याेगी लगायतका सहित परिवारहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहिद परिवार तथा घाइतेहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटले अविर र खादा लगाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले सहिदको फोटामा माल्याअर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
नेकपा (माओवादी) का रास्कोट नगर कमिटी इन्चार्ज निर्देशन सीको अध्यक्ष्तामा सम्पन्न भएको स्मृति दिवस कार्यक्रमको संचालन नगर सेक्रेटरी अमर सीले गर्नुभएको थियो ।
तत्कालिन नेकपा (माओवादी)का जिल्ला पार्टी सदस्य विश्वनाथ योगी (विवश), पुष्पराज न्यौपाने (इन्द्रजित) र छापामार सदस्य मदनको २०५७ साल पौष २७ गते आजैको दिन फुकोटको थोल्म भिडन्तमा उच्च साहदत्त भएको दिनको सम्झनामा नेकपा (माओवादी)ले प्रत्येक वर्ष स्मृति दिवस मनाउँदै आएको छ ।
