अखिल (समाजवादी)द्धारा बवई वहुमुखी क्याम्पसमा वृक्षारोपण

२९ माघ, बर्दिया । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी)ले बर्दियाको ववई वहुमुखी क्याम्पसको हातामा वृक्षारोपण गरेको छ ।
अखिल (समाजवादी) बबई बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा मंगलवार वृक्षारोपण गरेको हो ।
अखिल (समाजवादी)ले १०० वटा धुपीको विरुवा वृक्षारोपण गरेको छ । योसंगै अखिल समाजवादीले क्याम्पसमा ३० बटा गमला हस्तान्तरण गर्दै ३० वटा फुलहरु समेत रोपेको छ ।
क्याम्पस प्रमुख वीरेन्द्रराज लम्साल र अखिल (समाजवादी) केन्द्रीय सचिवालय सदस्य तथा बाँके बर्दिया इन्चार्ज हरि सीले वृक्षरोपण कार्यक्रमको सयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

वृक्षारोपण कार्यक्रममा स्ववियू सभापति लक्ष्मण भण्डारी, संगठनका केन्द्रीय सदस्य कोपिला सी, संगिता सी क्याम्पस संयोजक पारस बानिया, क्याम्पसका प्राध्यापक तथा उल्लेख्य विद्यार्थीहरुको सहभागितामा रहेको थियो ।
अखिल (समाजवादी)का जिल्ला इन्चार्ज हरि सीले क्याम्पस प्रमुखलाई फुल सहित गमला हस्तान्तरण गर्नु हुदै वातावरण र स्वास्थ्य क्षेत्रको लागि क्याम्पसमा वृक्षारोपणको आयोजना गरिएको बताउनु भयो ।
विद्यार्थी नेता हरि सीले अबको विद्यार्थी आन्दोलन राजनीतिक परिवर्तनसँगै बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि शैक्षिक तथा प्राज्ञिक आन्दोलन, राष्ट्रियता, जनजीविका र सामाजिक रूपान्तरणमा केन्द्रित हुन पुगेको बताउदै नेपालको शिक्षा नीति खोज अनुसन्धान र उत्पादन सगं जोडेर नेपालमै रोजगारी सिर्जना गर्नु पर्ने बताउनु भयो ।

उहाँले वर्तमान शिक्षा नीतिले विद्यार्थीहरुलाइ पढाइ बाहेक अतिरिक्त क्रियाकलापमा जोड दिन नसकेको भन्दै त्यसैले संगठनले गरेको यो कार्य सकारात्मक सन्देशको रूपमा पुर्याउन खोजिएको वताउनु भयो ।
वृक्षारोपण पछि क्याम्पस प्रमुख लम्सालले अखिल समाजवादीको यो कदम निकै राम्रो र सकरात्मक भएको भन्दै विद्यार्थीसंगलाई धन्यवाद दिनु भयो । उहाँले वृक्षारोपण गरिएको विरुवाहरुको संरक्षण गर्ने दायित्व क्याम्पस प्रशासन र विद्यार्थी सबैको हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस