कालिकोटमा भिरबाट लडेर पुराना माओवादी कार्यकर्ता बादलको मृत्यु

२९ माघ, कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ९ तिखाती घर भएका पुराना माओवादी कार्यकर्ता ५४ बर्षिय प्रेम वहादुर शाही (वादल)को गयराती भिरबाट लडेर मृत्यु छ ।
उहाँका जेठा छोरा जीवन वहादुर शाहीले मलेसियावाट पठाएको पैसा लिन सोमवार रास्कोट आरसीपी बजार जानु भएका वादल साँझतिर घरफर्किदै गर्दा गाउँ नजिकैको गोल्लेखोला भिरवाट लडेर करिव अढाई सय मिटर तल सुनदहमा खसेर मृत्यु भएको हो ।
यो भिर रास्कोट नगरपालिकाको वडानम्वर ९ थोल्मगाउँ र पचालझरना गाउँपालिकाको वडा नम्वर ९ तिखाती गाउँको विचमा पर्ने फुकगाड पारीको तिखाती पट्टी छ ।
बादल लडेको मंगलवार विहान ११ बजे मात्र थाहा भएको थियो । थोल्मगाउँका दाउरा घाँस काट्न गएका महिलाहरुले मानिस लडेको देखेपछि अरु स्थानीय वासीहरुलाई खवर गरेका थिए ।
स्थानीयहरुले को मान्छे लड्को हो ? भनि बुझविस्तार गर्दा माओवादी आन्दोलनका पुराना कार्यकर्ता वादल भएको थाहा पाएका थिए ।
लगत्तै स्थायनीवासी तथा जनप्रतिनिधिहरुले रास्कोट प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय कालिकोटलाई बादल लडेर मृत्यु भएको खवर गरेका थिए ।
मंगलवार दिउसो प्रहरी घटना स्थल पुगेर घटनाको अनुसन्धान गर्दा वादल आफै लडेर मृत्यु भएको पुष्टि भएपछि आवश्यक प्रहरी मुचुल्का गरि दाहासंस्कारको तयारी गरिएको स्थानीय रुद्र तिरुवाले जानकारी दिनु भयो ।
स्थानीयवासी तथा प्रहरीका अनुसार वादलको साथवाट १५ हजार २८० नगद, मासु, लगायत वजारवाट किनेर ल्याएका घरायसी सर सामनाहरु समेत भेटिएको छ ।
वादलले वजारवाट फर्किदा मधिरा सेवन गरेको र भिराईलो वाटोका कारण लडेको हुनसक्ने अनुमान गरिएको छ ।
उहाँको भोलि (बुधवार)मात्र अन्तीम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । वादल जनयुद्धका पुराना माओवादी कार्यकर्ता पनि हुनुहुन्थ्यो । लामो समय जनयुद्धमा योगदान दिनु भएका वादल पछिल्लो समय भने माओवादी आन्दोलनमा निस्कृय भएर वस्नु भएको थियो । उहाँका १ श्रीमति र ५ छोरा रहेका छन । जेठो छोरा जीवन भने वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस