२७ फागुन, सुर्खेत । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले चिहानमा पुगेको राजा फर्काने मूर्खता गरे राजावादीहरुले ठुलो मूल्य चुकानु पर्ने चेतावनी दिनु भएको छ ।
सोमवार सुर्खेतको वीरेन्द्रनगरमा युवा संगठन नेपाल कर्णाली प्रदेशले गरेको स्वागतपछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दिनेश सीले चिहानमा पुगेको राजा फर्काने मूर्खता गरे राजावादीहरुले ठुलो मूल्य चुकानु पर्ने चेतावनी दिनु भएको हो ।
उहाँले गणतन्त्रमा राजावादीहरुले धेरै मूर्खता गरे अहिलेको सरकारले गिरफ्तार गरी जेलमा हाल्न सक्नुपर्ने बताउनु भयो ।
‘जनताले चिहानमा पुर्याएका छन, पूर्वराजा ज्ञानेन्द्र र उनका तलुवाहरुले जनताका विरुद्ध चिहानबाट मरेको लासलाई बोक्ने कोशिस गरे नेपाली जनताहरु चुप लागेर बस्दैनन् । नेपाली युवाहरु पनि चुप्प लागेर बस्दैनन् । राजावादीहरुले धेरै ठुलो मूर्खता नगरे हुन्छ’ युुवा संगठन नेपालका अध्यक्ष दिनेश सीले भन्नु भयो, ‘नेपालको अग्रगामी परिवर्तन भनेको समावाजवाद हो । राजतन्त्र हुन सक्दैन । त्यसैले राजावादीहरुले मूर्खता नगर्न चेतावनी दिन्छु ।’
उहाँले नेपालका युवाहरुलाई स्वदेशमै रोजगारी दिने जनताको व्यवस्था चाहिएको बताउदै युवाहरुलाई वेरोजगार बनाएर विदेश पठाउने काम दलाल पुँजीवादले गरेको टिप्पणी गर्नु भयो ।
अध्यक्ष दिनेशले युवाहरु सबै एकतावद्ध भएर नेपाललाई समाजवाद तिर लिने बाटोमा लाग्न आग्रह गर्नु भयो ।
युवा संगठन नेपाल कर्णाली प्रदेशले गरेको स्वागत कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त विकको समेत सहभागिता रहेको थियो ।
यसैविच युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले नेकपा माओवादी केन्द्र निकट वाईसीएलका कर्णाली प्रदेश इन्चार्ज गणेश शाही लगायतको टिमसंग पनि छलफल गर्दै सबै युवाहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनु भएको छ ।