२७ फागुन, काठमाडौं । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका अन्तरगतका क्याम्पसमा अखिल (समाजवादी) का ७ पदाधिकारी र ६ सदस्य गरि १३ जना उम्मेदवारी सर्वसम्मतिले विजयी भएका छन । एक उपसभापति, तीन सहसचिव, तीन काेषाध्यक्ष र छ जना सदस्य गरि १३ जना विजयी भएका हुन ।
आज देशभरका क्याम्पसहरूमा उमेदवारी दर्ता गर्ने क्रममा सर्वसम्मत विजयी हुनेमा सिमा सी उपसभापति राडीज्यूला शिक्षा क्याम्पस रुकुम, सहसचिव सरुका सी जनआदर्श बहुमुखी क्याम्पस चितवन, अजय सी चैतन्य बहुमुखी क्याम्पस काभ्रे, अनिस सी संखुवासभा क्याम्पस संखुवासभा, कोषाध्यक्ष तुलराज सी सिजा बहुमुखी क्याम्पस जुम्ला, रिया सी सिम्रुतु क्याम्पस रुकुम, शम्शेर सी शान्ति आदर्श बहुमुखी क्याम्पस वझाङबाट सर्वसम्मतिले विजयी भएको छन ।
यस्तै सदस्यहरु मोहन सी सिजा बहुमुखी क्याम्पस जुम्ला, रुपा सी राडीज्यूला शिक्षा क्याम्पस रुकुम, जमुना सी सिम्रुतु क्याम्पस रुकुम, सपना कुमारी सी शान्तिआदर्श बहुमुखी क्याम्पस वझाङ, कल्पना सी शान्ति आदर्श बहुमुखी क्याम्पस वझाङ, गोविन्द बम सिजा बहुमुखी क्याम्पस जुम्लाबाट विजयी भएको अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सीले जानकारी दिनुभयो ।
उहाँले १५६ क्याम्पस आफ्नो संगठन दर्ता भएकोमा आज पहिलो दिन ७ पदाधिकारी र ६ जना सदस्य गरि विभिन्न क्याम्पसबाट १३ जना सर्वसम्मतले विजयी भएको बताउनुभयो । थप भाेलि देखि बाँकी क्याम्पसहरूमा सहमतिको अभ्यास हुने भएको सर्वसम्मत निर्वाचित हुनेको संख्या बढ्ने पनि बताउनुभयो ।