स्ववियु निर्वाचन: जुम्लामा अखिल (समाजवादी) बाट एक पदाधिकारी २ सदस्य सर्वसम्मतले विजयी

२७ फागुन, जुम्ला । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि जुम्लाको सिंजा बहुमुखी क्याम्पसमा अखिल (समाजवादी) बाट एक पदाधिकारी र दुई सदस्य गरि तीनजना सर्वसम्मतिले विजयी भएका छन ।

अखिल (समाजवादी) बाट विजयी हुनेहरूमा पदाधिकारीमा तुलराज सी, सदस्यहरूमा माेहन सी र गाेविन्द्र सी सर्वसम्मतिले विजयी भएका हुन ।

निर्वाचन अधिकृत तिर्थ बहादुर नेपालले नतिजा घाेषणा गर्दै दर्ता भएका चार वटै विद्यार्थी संगठन र पार्टी सँगकाे सहमतिमा सर्वसम्मतिले निर्वाचन सम्पन्न गरेको घाेषण गरेको छ ।

सभापतिमा अखिल (क्रान्तिकारी) का सन्तोष आचार्य, उपसभापति अनेरास्ववियुका महेन्द्र राज बम, सचिवमा नेविसंघकी राजिन्द्रा शाही र काेषाध्यक्षमा अखिल (समाजवादी) का तुलाराज सी, सदस्यहरू माेहन सी र गाेविन्द्र सी, अर्का सदस्य नेविसंघका राजन बम सर्वसम्मतिले निर्वाचित भएको विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै अखिल (समाजवादी) बाट देशैभर अहिलेसम्म ७ पदाधिकारी र ६ सदस्य गरि १३ जना सर्वसम्मतिले विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस