वाँकेमा विप्लवका ४ कार्यकर्ता माथि ३ वर्षको कैद सजाय

२७ फागुन, वाँके । विप्लव नेतृत्वको नेकपा र सरकार विच भएको वार्ताले तीन वुदे सहमति गरेको छ । तीन वुदे सहमतिको वुदा नम्वर ३ मा नेकपाका नेता,कार्यकर्ता माथि लागेका मुद्धा फिर्ता लिने सहमति छ ।

तर वाँके जिल्ला अदालतले भने सहमति उलंघन गर्दै विप्लवका ४ जना कार्यकर्ता माथि ३ वर्ष १ महिनाको कैद सजाय तोकेको छ ।
वुधवार जिल्ला अदालतको ५ नम्वर इजलासले नेकपाका ४ जना कार्यकर्ता माथि संगठित अपराधको मुद्धामा ३ वर्ष १ महिनाको कैद सजाय तोेकेको हो ।

२०७५ साल वैसाखमा एनसेन टावरमा आगजनी गरेको आरोपमा वाके जिल्लाका नेकपाका जिल्ला सदस्य प्रकास आर्चाय,तिलक गिरी, विर वहादुर परियार र कालि वहादुर परियार माथि १५ लाख विगो सहित संगठित अपराधको मुद्धा दर्ता गरिएको थियो ।

अदालतको फैसलाले नेकपाका कार्यकर्ताहरु २०७८ असार ८ गते मात्र छुट्ने भएका छन । उनीहरुलाई २०७५ साल जेठ ८ गते पक्राउ गरि हिरासतमा राखि विगो सहित संगठित अपराधको मुद्धा दर्ता गरिएको थियो ।

अदातलका न्यायधीस दर्गा व.भुसालको एक इजलासले यस्तो फैसाला गरेको हो । फैसलामा १५लाख विगो पनि चारै जनाले तिर्नुपर्ने उल्लेख गरिएको अदालतका एक कर्मचारीले नाम नवताउने शर्तमा भनेका छन ।

सरकार र नेकपा विच शान्तिपूर्ण वाटो वाट अगाडि वढ्ने,राजनैतिक मुद्धा छलफल वाट हल गर्ने र मुद्धा फिर्ता लिने सहमति भएपनि अदालतले सहमति विपरित कार्य गर्नु अन्यायपूर्ण भएको पीडितहरुले गुनासो गरेका छन । यस वारे सरकार र नेकपाको सम्वन्धिपक्षले विशेष ध्यान पुर्याउनु पर्ने विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस