२७ फागुन, वाँके । सडक दुर्घटनाबाट आफन्तको ज्यान गएपछि उत्तेजित भएको भिडले ईलाका प्रहरी कार्यालय कोहलपुरमा ढुङ्गामुढा प्रहार गरेका छन ।
बिहिबार दिउँसो घटनाको बिरोधमा स्थानियहरूले कोहलपुर चौराहमा ३ घण्टा चक्काजाम समेत गरेका थिए ।
त्यसपछि मृतकका आफन्तहरूले ईलाका प्रहरी कार्यालय घेराउ गरेका थिए । त्यस क्रममा आन्दोलनकारीले ईप्रका कोहलपुरमा ढुङ्गामुढा गरेका हुन ।
प्रहरी कार्यालय तोडफोडमा उत्रिएको समुहलाई प्रहरीले भने बल प्रयोग गरेर तितरबितर पारेको छ ।
बुधबार बेलुका ग्यास बोकेको ट्रकले कोहलपुर नगरपालिका ११ विधुतचोकमा जयकर्ण मल्ललाई ठक्कर दिएको थियो । ठक्करबाट उहाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकका आफन्तले ठक्कर दिने गाडी चालकलाई कडा कार्वाही हुनुपर्ने,पीडित परिवारले क्षतिपूर्ति पाउनु पर्ने लगायतका माग राखेका छन ।