२९ चैत्र, काठमाडौं । मेडिकल माफिया दुर्गा प्रसाईलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।
भारतबाट नियन्त्रणमा लिएका प्रसाईलाई आजै चन्द्रगढी विमानस्थलबाट जहाजमा काठमाडौं पुर्याएर म्याद थपका लागि अदालत लगिएको हो ।
राजतन्त्र पुनःस्थापना गर्न भन्दै गत चैत्र १५ गते तीनकुनेमा गरिएको हिंसात्मक प्रर्दशन पछि उनी प्रहार भएका थिए ।
पूर्व राजा ज्ञानेन्द्रले उनलाई जनआन्दोलन समितिका कमाण्डर बनाएपछि तीनकुने हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको थियो । सयौ पसल, गाडीमा आगलागी गरिएको थियो । १ सय बढी घाईते भएका थिए ।
सरकारी वकिलको कार्यालयमा प्रशासनिक प्रक्रियापश्चात उनलाई अहिले काठमाडौं जिल्ला अदालत लगिएको हो ।
प्रसाईंमाथि ज्यान मार्ने उद्योग,राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।