२९ चैत्र, कालिकोट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रास्कोट पुग्नु हुने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) कालिकोटको भोलि १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्न उहाँ रास्कोटको आरसीपी बजारमा पुग्न लाग्नु भएको हो ।
अध्यक्ष नेपाल रास्कोटको यात्राका लागि आज विहान ७ बजे सुर्खेत पुग्नु भएको छ । उहाँले सुर्खेतका पार्टी कार्यकर्तासंग भेटघाट समेत गर्नु भएको छ । सुर्खेत हुदै गाडिमा मध्यपहाडी लोकमार्गको अवलोकन गर्दै आज साँझ राकम कर्णाली बस्ने गरी अध्यक्ष नेपाल हिड्नु भएको छ ।

अधिवेशनको उद्घाटनका लागि भोलि विहान १० बजेसम्म अध्यक्ष नेपाल रास्कोट पुग्ने नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष चित्र सिंह गाउँले बताउनु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले पार्टी कार्यकर्ता र रास्कोटी जनतालाई समाजवादी क्रान्तिको आवश्यकताबारे सम्वोधन गर्नुहुने बताईएको छ ।
नेकपा (एकीकृत समाजवादी) कालिकोटले जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको पनि बताएको छ ।
अध्यक्ष नेपाल रास्कोट पुग्ने भएपछि भव्य स्वागतको तयारी समेत गरिएको (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष गाउँलेले बताउनु भएको छ ।
अध्यक्ष नेपालका साथमा पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री प्रकाश ज्वाला, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, पोलिटब्यूरो सदस्य अमरबहादुर थापा, प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, सचिव धीरबहादुर विष्ट, संविधानसभा सदस्य तुलाराज विष्ट, जिल्ला इन्चार्ज तुलाराज सिम्खाडा र सह–इन्चार्ज विजया विष्टलगायत नेताहरूको सहभागिता रहने अध्यक्ष गाँउले जनाउनु भएको छ ।
स्मरणरहोस्ः यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, नेपाली कांग्रेसका उपसभापति पूर्णवहादुर खड्का, नेता जीवन शाही लगायतका शिर्ष नेताहरु समेत आ–आफ्नो पार्टी कार्यक्रम ल्याएर रास्कोट पुग्नु भएको थियो । रास्कोट शिर्ष नेताहरुको केन्द्रविन्दु बनेको छ
