२९चैत्र, काठमाडौ । पक्राउ परेका मेडिकल माफिया दुर्गा प्रसाईलाई तीनकुने हिंसात्मक घटनाकोवारे अनुसन्धान गर्न १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौ जिल्लाका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो
प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन् । २ जनाको ज्यान जाने गरी र सयौ घाईते हुने गरी हिंसात्मक घटना भएको थियो ।
घटनामा दर्जनौ घर पसल र गाडीहरु आगजनी गरिएका थिए । उनी यो घटनापछि चैत १५ गतेदेखि फरार भएका थिए । बिहीबार उनलाई भारत आसाममा नियन्त्रणमा लिएर आज नेपाल–भारत सीमा काँकडभिट्टा हुदै जहाजमा काठमाडौ ल्याईएको थियो ।
प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान गर्ने भएको छ । उनीमाथि राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरी श्रोतले बताएको छ ।