प्यालेस्टाइन र इरानमाथिको साम्राज्यवादी आक्रमणविरुद्ध जनप्रदर्शन हुँदै

२७ असार, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित विभिन्न १ दर्जन पार्टीहरुले साम्राज्यवादी उक्साहटमा भईरहेको प्यालेस्टाइन र इरानमाथिको आक्रमण विरुद्ध आज काठमाडौमा जनप्रर्दशन गर्दैछन ।
प्यालेस्टाइन र इरानी जनताको स्वाभिमानको पक्षमा र साम्राज्यवादी आक्रमणको कडा विरोधमा जनप्रदर्शन गरिन लागेको हो ।
आज दिउँसो १ वजे जमल, घण्टाघर, बागबजार, पुतलिसडक, प्रदर्शनी मार्ग हुँदै जनप्रदर्शन शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत हुने छ । जनप्रदर्शनलाई दलका मुख्य नेताहरुले सम्बोधन गर्ने बताईएको छ ।
जनप्रशर्दनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित नेकपा (माओवादी – केन्द्र), नेकपा (एकीकृत – समाजवादी) , नेकपा (मसाल) , क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल , नेकपा , नेकपा (बहुमत), जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी , जसपा , राष्ट्रिय जनमोर्चा, नेपाल , देशभक्त समाजवादी स्कुल र राजनीतिक सम्वाद अभियानको सहभागीता हुनेछ ।
जनप्रदर्शनमा यस्ता नाराहरु लगाउने तयारी छ ।
विश्व साम्राज्यवाद – मुर्दावाद !
साम्राज्यवादी युद्ध – बन्द गर !
प्यालेस्टाइन माथिको आक्रमण – बन्द गर !अमेरिकी साम्राज्यवाद – मुर्दावाद !
इजरायली फासीवाद – मुर्दावाद !
विश्व शान्ती – कायम गर !
इरानको सार्वभौमिकता – सम्मान गर !प्यालेस्टाइन सार्वभौमिकताको – रक्षा गर !
प्यालेस्टाइन माथिको नरसंहार – बन्दगर !
संयुक्त रास्ट्रसङ्घको बडापत्र – पालना गर !
असङ्लघ्न परराष्ट्र नीति – पालना गर !

राष्ट्रिय स्वाधीनताको – रक्षा गरौ !

प्रतिक्रिया दिनुहोस