गाउपालिका अध्यक्ष ओलीको गाडि जल्यो

साउन २६,दाङ । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीकाे गाडी अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको जनाइएकाे छ। बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालयमा परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा आगजनी गरिएकाे हो । यो समाचार ई रातो खबरमा छापिएकाे छ

यस्तै यता धादिङमा स्थानीयवासीले ३ वडा डोजर जलाईदिएका छन् । अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा खोला पोखरीमा परिणत भएर २ बालवालिकाको ज्यान गएको भन्दै आक्रोसित स्थानीयबासीले तीन ओटा डोजरमा आगजनी गरेका हुन् । शनिबार गजुरी गाउँपालिकाको ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस