२६ साउन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले गोविन्दनाथ योगी (मुस्कान सी) को असमायिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपा कालिकोटका इन्र्चाज विवेक सी र सेक्रेटरी बलवान सीले आईतवार एक शोक वक्तव्य जारी गर्दै गोविन्दनाथ योगी (मुस्कान सी) को असमायिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।
नेकपाले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधी समिति सदस्य राजकुमार सीका वुवा समेत रहनु भएका र शहिद स्मृति गाँउ कमिटी सदस्य पनि रहनु भएका बुवा गोविन्दनाथ योगी ( मुस्कान सी) को यहि श्रावण २४ गते ६० वर्षको उमेरमा दुख निधन भएकोे जनाएको छ । गोविन्द्रनाथ योगी सहिद स्मृति गाउँपालिका वडा नम्वर ८ निवासी हुनुहुन्थ्यो ।
नेकपाले शोक वक्तव्यमा भनेको छ ‘मृतक गोविन्दनाथ योगी क. मुस्कान सीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । शोकाकुल घरपरिवारमा शोकशक्तिमा बदल्ने साहस प्रदान गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।’
नेकपाले देश र जनताको मुक्तिको निमित्त महान जनयुद्ध र एकीकृत जनक्रान्तिमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै मुस्कानप्रति सम्मान व्यक्त पनि गरेको छ ।
यसैविच नेपाल कम्युनिष्ट पार्टी सुर्खेत र जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिले पनि छुट्टा छुट्टै शोक वक्तव्य निकाली वुवा गोविन्द्रनाथ योगीको असमायिक निधन भएको खवरप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन ।
