आफ्नै वुवाद्धारा निर्घात कुटिन १३ बर्षिय नावालिका निर्मता शाही

२६ साउन, बाँके । जुम्लाका भिमबहादुर शाहीले आफ्नै छोरी निर्मता शाहीलाई आईतवार विहान निर्घात कुटपिट गर्नु भएको छ ।
नेपालगंज उप–महानगरपालिका वडानम्वर १९ कण्टीपुरमा डेरागरी वस्ने भिमवहादुर शाहीले १३ बर्षिय नावालीका छोरी निर्मतालाई निर्घात कुटपिट गर्नु भएको हो ।
कालिकोटको महावै गाउँपालिका वडानम्वर ६ कुनी माईतीघर भएकीे श्रीमती कल्पना शाहीसंग दुईबर्ष अघि भिमबहादुरले सम्वन्ध विछेद गर्नु भएको थियो ।
कल्पनाले दुई बर्षसम्म सुर्खेतमा डेरालिएर छोरा छोरी पाल्दै आउनु भएको थियो । तर २०८२ सालको वैसाखबाट भिमबहादुरले कल्पनासंग रहेका १३ बर्षिय छोरी निर्मता, ११ बर्षिय छोरी चाहाना शाही र ८ बर्षिय छोरा एलिस शाहीलाई आफैसंग राख्छु भनेर नेपालगंज ल्याउनु भएको थियो ।
पहिलो श्रीमती कल्पनाबाट २ छोरी र १ छोरा थिए । भिमबहादुरले दुईबर्षअघि सम्वन्ध विछेद गरेकै भोलिपल्ट जाजरकोट माईली घरभएकी तारादेवी सिंहसंग दोस्रो विवाह गर्नु भएको थियो ।
सौतेनी आमाको यातना र विभेदले आफूमाथि टर्चर हुदापनि आफ्नै बुवाले आईतवार सौतेनी आमालाई साथ दिदै आफुमाथि निर्घात कुटपिट गरेको छोरी निर्मताले ज्वाला खवरलाई बताएकी छन ।
छोरी निर्मतालाई बुवा भिमबहादुरले विहान साढे ८ बजे फलामको वाल्टीनले टाउकोमा हिर्काउदा गहिरो चोट लागेको छ । निर्मताको टाउकोमा सोमवार भेरी अस्पतालमा उपचार गराउदा डाक्टरले ७ वटा टाँका लगाएका छन ।

छोरीमाथि यसरी मरणसन्न हुने गरी कुटपिट भएको घटना छिमेकीबाट थाहा पाएपछि आमा कल्पनासंगै उहाँको ठुलो आमा विनिता शाही आईतवार विहान हतार –हतार गर्दै नेपालगंज पुग्नु भयो ।
ठुलो आमा विनिताले भन्नु भयो ‘छोरीलाई कुटेर मारिसकेको खवर पुगेको थियो । वहिनी र म रुदै कराउदै नेपालगंज पुग्यौ । भाग्यले छोरीको सास भेटाउन पायौ । छोरीलाई सुर्खेतबाट आएर उपचार गरायौ । यो खवरपनि एकजना नजिकैको प्रहरीले हामीलाई दिएर थाहा पायौ । नत्र छोरीलाई मारिसकेको थियो ।’
वुवा भिमबहादुर आफै राक्षेस भएपछि छोरीमाथि आक्रमण गरी मार्ने प्रयास गरेको उहाँले दाबी गर्नु भयो । उहाँले दोषिमाथि हदैसम्मको कार्वाही गरिनु पर्ने माग गर्नु भयो ।
आमा कल्पनाले छोरीलाई हानेर मारिसक्यो भन्ने खवर पाएकाले नेपालगंज पुगेको बताउनु भयो । उहाँले रुदै ज्वाला खवरलाई भन्नु भयो ‘छोरीको सास देख्न तपाईयो । तर कतिवेला के हुने हो भर छैन छोरीमाथि हत्या गर्ने मनसायले टाउकोमा हानी गम्भीर चोट लगाएको छ ।’
आमा कल्पनाले छोरीमाथि निर्घात कुटपिट गर्ने बुवा भिमबहादुर विरुद्ध ज्यानमार्ने उद्योगको जाहेरी जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको जानकारी दिनु भयो ।
प्रहरीले जाहेरी भने यो समाचार तयार गर्दासम्म दर्ता गरेको छैन । जिल्ला प्रहरी कार्यालयले सोमवार दिनभर छलफल गरी मिलाउने प्रयास गरेपनि सफल भएन ।
भिमवहादुरले उल्टै आफूमाथि पनि हातपात भएको र छोरीलाई आमानै कुटेको भनेर प्रहरीमा झुट्टा जाहेरी दिनु भएको छ ।
तर प्रहरीले भिमहादुरलाई बदमास र वेईमानी नगर्न चेतावनी दिदै सत्य तथ्य कुरा गर्न आग्रह गरेको छ ।
सोमवार छलफल नसकिएकाले मंगलवार विहान १० बजे फेरी छलफल गर्नेगरी भिमवहादुरलाई हाजिरी जमानीमा प्रहरीले छाडेको छ ।
घाईते निर्मताको आमा कल्पनाले छोरा छोरीको सुरक्षा, शिक्षा दिक्षा र पालन पोषण वुवाको हैशियतले भिमबहादुरले गर्नुपर्ने माग गर्नु भएको छ ।
उहाँले सम्वन्ध विछेद हुदा जिल्ला अदालत सुर्खेतले ३ वटा छोरा छोरीको लागि मासिक ९ हजार खाना खर्च भिमबहादुरले दिनुपर्ने फैसाला गरेको भएपनि कार्यान्वयन नगरिएको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो ‘छोरा छोरीको भविष्यका लागि उनीहरुको स्वास्थ्य शिक्षा र पालन पोषण राम्रो गरिहोस । मलाई केही उसको सम्पत्ति चाहिएको छैन । तर मेरा छोरा छोरी मसंग हुने हो भने अदालतको निर्णय कार्यान्वयन गरिहोस । मैले २ बर्षसम्म छोरा छोरी आफैसंगै राख्दा कहिले खर्च दिने त कहिले नदिने गर्यो । गिट्टी कुटेर पनि छोरा छोरी पाले । बैसाखदेखि छोरा छोरी आफैसंग ल्यायो । छोरा छोरीलाई राम्रो व्यवहार र माया भएन । छोरीलाई मार्ने षड्यन्त्रमा कुटपिट गरियो । आउने दिनमा यस्तो गर्नु भएन । छोरा छोरीलाई राम्रो शिक्षा दिक्षा दिनु पर्यो । मैले छोरा छोरीसंग कहिले काही भेट गर्नेदेखि फोनमा कुरा गर्न पाउनु पर्यो ।’
उहाँले आफुले छोरा छोरीसंग फोनमा कुरा गर्दा पनि सौतेनी आमा र आफ्नै वुवाले गाली गर्ने गरेको भनेर बच्चाहरुले भन्ने गरेको पीडा पोख्नु भयो । आमासंगको सम्वन्ध विछेद र भिमबहादुरको दोस्रो विवाहका कारण नावाल छोरा छोरीले धेरै दुख पाईरहेको छिमेकीहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस