अछामको ढकरीमा नेकपाको गाउँ भेला सम्पन्न

साउन २६, अछाम । नेपाल कम्युनिष्ट पार्टी अछामको ढकारी गाउँ कमिटीको भेला सम्पन्न भएको छ।

पार्टीको आगामी असोज १ देखी ९ गते सम्म काठमाडौमा हुने नवौ महाधिवेशनको पुर्व सन्ध्यामा देशव्यापी भेला सम्मेलनको कार्यक्रम अन्तर्गत ढकारी गाउँपालिकाको गाउँ भेला सम्पन्न गरिएको हो।

“दलाल संसदिय पुजीवादी व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवादी व्यवस्थाको दिशामा अघि बढौ” भन्ने नारा सहित बुधबार गाउँपालिकाको सभाहलमा भएको भेलाले कविन्द्र शाही इन्चार्ज र देवेन्द्र परियार (दर्शन ) सचिव सहित २५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।

यस्तै केशव शाहिको नेतृत्वमा ११ सदस्यीय गाउँ जनस्वयम सेवकको पनि गठन गरिएको बताईएकाे छ

गाउँपालिकामा हुने भ्रस्टाचार र अनियमितताको आवश्यक अनुगमन, जनपरिचालन र जनसंघर्ष गर्दै पार्टीको जिल्ला सम्मेलन र महाधिवेशनको आवश्यक तयारीमा जुट्ने निर्णय समेत गरिएको पार्टी जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाहीले जानकारी दिनु भएको छ ।

कविन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भेलाकाे जिल्ला सेक्रेटरी मिना धामी ‘सरिता’ काे प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाही, जिल्ला कार्यालय सचीव तपेन्द्र, अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य रमेश विसी र गाउँ जनपरिसद प्रमुख विर्मा भुल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस