सहिदको सपना साकार पार्न कम्युनिष्टहरु एकजुट हुनुपर्छः विप्लव

२४ असोज, झापा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले सहिदको सपना साकार पार्न सबै कम्युनिष्टहरु एकजुट भएर हुनुपर्ने बताउनु भएको छ ।

उहाँले झापाको सुखानीमा सुखानी हत्याकाण्डका सहिदहरुलाई बुधवार श्रद्धाञ्जली अर्पण गर्दै यस्तो बताउनु भएको हो ।

महासचिव विप्लव सी ले देशमा गणतन्त्रसम्म आइपुग्दा जे जति परिवर्तन भए त्यो परिवर्तन जनताको संघर्ष र सहिदहरुको बलिदानबाट मात्रै सम्भव भएको उल्लेख गर्नु भयो ।

उहाँले त्यसलाई राज्य सञ्चालन गर्ने नेतृत्वले अझैसम्म पनि गहन रुपमा बुझ्न नसकेको बताउनु भयो ।

महासचिव विप्लव सी ले नेपालमा एमसीसी परियोजना अन्तर्गत अमेरीकाले शैन्य हस्तक्षेप सुरु गरेको पनि बताउनु भयो ।

उहाँले अहिलको संक्रमणकालीन अवस्थाबाट देश गुज्रिरहेको उल्लेख गर्दै यसलाई सहि नेतृत्वबाट उकास्न बामपंथी कम्युनिष्टहरु एक भएर लाग्नुको बिकल्प नभएको ठोकुवा गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस