१०१ बर्षिय दल बहादुर शाहीको निधनप्रति नेकपाको दुख व्यक्त

२५ असोज, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अखिल सीका हजुरबुवा दल बहादुर शाहीको १०१ बर्षको उमेरमा दुखत निधन भएकोप्रति नेपाल कम्युनिष्ट पार्टी कालिकोट र नेकपाको केन्द्रीय कार्यालयले दुख व्यक्त गरेका छन ।
नेकपा कालिकोटका जिल्ला इन्चार्ज विवेक सी, जिल्ला सेक्रेटरी बलवान सीले जिल्लापार्टीको तर्फबाट शनिवार एक शोक बक्तव्य जारी गर्दै दुख व्यक्त गर्नु भएको हो । यस्तै नेकपाको केन्द्रीय कार्यालको तर्फबाट महासचिव विप्लव सीले पनि एक शोक बक्तव्य जारी गर्दै दल बहादुर शाहीको निधनमा दुख व्यक्त गर्नु भएको हो ।
नेकपाको जिल्ला कार्यालयले जारी गरेको शोक वक्तव्यमा ‘रास्कोट नगरपालिका वडा नम्वर ४ बसन्तपुर निवासी हाम्रो पार्टीका सीसीएम कमरेड अखिल सीको बाजे रास्कोटको जीवित इतिहास आदरणीय व्यक्तित्व दल बहादुर शाहीको १०१ बर्षको उमेरमा २०८२ साल असोज २४ गते निधन भएको खबरले कालिकोट जिल्ला पार्टीलाई दुखि बनाएको छ’ भनिएको छ ।
नेकपा कालिकोटले दल बहादुरप्रति जिल्ला पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका नाती अखिल, विनोद शाही, गोरख शाही, जोबन शाही लगायत शोकसन्तप्त घरपरिवारहरुमा गहिरो समवेदना व्यक्त गरेको छ ।
यस्तै नेकपाका महासचिव विप्लवले जारी गरेको शोक बक्तव्यमा यो दुःखद घडीमा पार्टी मृतकप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै अखिलसहित उहाँको परिवारजनप्रति समवेदना प्रकट गर्दछ भनिएको छ ।

जिल्लाको शोक बक्तव्यको पूर्णपाठ

केन्द्रको शोक बक्तव्यको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस