सुकुम्वासीलाई जग्गाको व्यवस्था गर ः जनएकता अभियान


२५ मंसिर, वर्दिया । विप्लव नेतृत्वको नेकपा वर्दियाले संचालन गरेको जनएकता अभियानले सुकुम्वासीलाई जग्गाको व्यवस्था गर्न माग गरेको छ । सुकुम्वासीहरुलाई भोट वैङ्कको रुपमा प्रयोग गरिएपनि कुनै पनि राजनीतिक दलहरुले सुकुम्वासीको समस्या हल गर्न नसकेको अभियान टिमले वताएको छ ।
सुक्रवार राजापुर नपाको संघर्ष नगरमा एक भब्य सभाको आयोजना सहित अभियानको उद्घाटन गर्दै अभियान टिमका प्रमुख विशेष समिति सदस्य हिमशिखरले सुकुम्बासी जनतालाई दलाल संसदीय ब्यबस्थाले जहिले पनि लालपुर्जाको लोभ देखाएर भोट बैंकको राजनीति गरेको दावी गर्नु भयो ।
उहाँले वैज्ञानिक समाजवादमा मात्रै वास्तविक सुकुम्बासीले मुक्ति पाउने र अधिकार सम्पन्न हुने भन्दै ब्यबस्था परिवर्तनका लागि अहिलेको विकल्प भनेको वैज्ञानिक समाजवाद ठिक की संसदीय ब्यबस्था ठिक भन्ने विषयमा जनमत संग्रहको चुनाव गर्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा राजु चौधरीले आफुहरुलाई विकासका मिठा नारा भन्दा पनि जमिन चाहिएको भन्दै क्रान्तिकारी भुमिसुधारको नारा त सबै पार्टिले लगाए तर हामीलाई क्रान्ति गर्ने पार्टी चाहिएको बताउनु भयो ।


“वैज्ञानिक समाजवादका लागि जनमत संग्रह,जनमत संग्रहकालागि जन एकता अभियान “ भन्ने मुल नाराका साथ अभियान उद्घाटन भएको हो । नेकपाले जिल्लाको तीन ठाउँवाट अभियान संचालन गरेको छ ।
गेरुवा गापाको इन्चार्ज क.डेबिटले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता राजापुर नगरपालिका इन्चार्ज कमरेड राम विश्वकर्माले गर्नु भएको थियो ।
कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सदस्य प्रेरणा,जनयुद्धका योद्धा एबम स्थानीय पुराना नेता माघु चौधरी, बरघर राजु चौधरी, समाजसेवी राम प्रसाद चौधरी,महिला नेता बिना चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस