२५ मंसिर,वाँके । विप्लव नेतृत्वको नेकपाले वाँके र वर्दिया जिल्लाका जनवर्गीय संगठनका जिल्ला स्तरिय अगुवा कार्यकर्ताको सहभागितामा ५ दिने जुना अनल स्मृति स्कुलिङ्ग कार्यक्रम सुरु गरेको छ ।
शनिवार वाँकेको कोहलपुरमा औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरि जुना अनल स्मृति नामक स्कुलिङ्ग कार्यक्रमको उद्घाटन गरिएको हो । स्कुलिङ्ग कार्यक्रममा माक्र्सवादका तीन संघठक अंगहरु दर्शन शास्त्र,राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका वारे आधारभूत विषयगत ज्ञान दिनेछ ।
जुना र अनल जनयुद्धका क्रममा वाँके र वर्दिया जिल्लावाट सहिद हुने माओवादीको पहिलो कार्यकर्ता थिए । उनीहरु कै नाममा स्कुलिङ्ग कार्यक्रमको नाम राखिएको हो ।
स्कुलिङ्ग कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपाका वाँके, वर्दिया जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य दिपकले सम्वोधन गर्दै सच्चा कम्युनिष्ट वन्नको लागि आधारभूत ज्ञान लिन स्कुलिङ्गको आयोजना गरिएको वताउनु भयो ।
उहाँले हरेक वस्तु गति हुने भएको भन्दै स्कुलिङ्ग पनि गतिशिल हुनु पर्ने र राजनीतिक क्रान्तिलाई सफल वनाउन स्कुलिङ्गले क्रान्तिकारी तिरको काम गर्ने वताउनु भयो ।
सो अवसरमा अतिथिको रुपमा आफ्नो मन्तव्य दिदै नेकपाका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग विभागका सचिव लाल वहादुर विसी (सार्दुल) ले ज्ञानलाई सिक्ने सिकाउने र व्यवहारमा लागु गर्ने उद्देश्यले स्कुलिङ्ग आयोजना गरिएको वताउनु भयो ।
उहाँले मुख्यगरि भौतिकवादी चिन्तनले संसारलाई वुझने र त्यही अनुसार आफू र अरुलाई वदल्ने काममा माक्र्सवादी स्कुलिङ्गले महत्वपूर्ण कार्य गर्ने स्पष्ट पार्नु भयो । नेपालमा पुष्पलालको स्कुलिङ्गलाई आफ्नो पार्टीले आत्मासात गरेको भन्दै उहाँले मोहविक्रम,मदन भण्डारी र पछिल्लो चरणको प्रचण्डको स्कुलिङ्ग क्रान्तिकारी लाईन विपरित भएको दावी गर्नु भयो ।
स्कुलिङ्ग कार्यक्रममा दुईवटै जिल्लाका करिव ४० जना जनवर्गीय संगठनका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
स्कुलिङ्गको सहजिकरण नेकपाका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग विभागका सचिव विसी र स्कुलिङ्ग विभागका सदस्य गतिले गर्नु हुने छ । उद्घाटन कार्यक्रमको अध्यक्षता नेकपा वर्दिया जिल्ला सचिव गणेश चौधरीले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस