रास्कोटको विकास र समृद्धिको काममा निरन्तरता दिनेछौं : नगर प्रमुख शाही

२८ पुस,कालिकोट । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही (पोषण)ले रास्कोटको विकास र समृद्धिको काममा कुनै पनि कसुर वाँकी नराख्ने वताउनु भएको छ ।

वुधवार रास्कोट नगरपालिकाको ११ औं हिउँदे नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख शाहीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

नगरप्रमुख शाहीले रास्कोट नगरपालिकाले संचालन गरेको एकीकृत घुम्ती सेवा कार्यक्रमले धेरै जनतालाई राहत दिएको वताउनु भयो । उहाँले फेरी पनि नगर सरकारले विकास तथा सेवाका कामहरुलाई निरन्तरता दिने वताउनु भयो ।

उहाँले मेयर हेल्थ केयर कार्यक्रम अन्तरगत नगरपालिकामा दर्जनौं नयाँ कामको थालनी भएको र २ हजार ६सय वढी नागरिकको निशुल्क स्वास्थ्य विमा देखी जनयुद्धका घाइते तथा अपांग परिवारलाई निशुल्क स्वास्थ्य,सुत्केरी आमा र गर्भवती आमाको मोवाइलमा alert system सुरु लगायतका कामहरुको थालनी गरिएको जानकारी दिनु भयो ।

उहाँले विधुत प्राधिकरण शाखाको विलिङ्ग काउण्टर लगायतको काम पनि रास्कोट देखि नै सुरु हुन लागकोे वताउनु भयो । नगरसभामा उपप्रमुख मनिराज वराल वडा अध्यक्षहरु,सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस