जनयुद्ध विस्तारका हस्ती विवश र इन्द्रजीतको २२ औं स्मृति दिवसको स्मरण

 

२८ पुस,कालिकोट । तकालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का जिल्ला सचिवालय सदस्य तथा कर्णालीमा जनयुद्ध विस्तारका हस्ती महान सहिद विश्वनाथ योगी (विवश) र पुष्पराज न्यौपाने (इन्द्रजीत)को २२ औं स्मृति दिवस विभिन्न तरिकाले मनाइएको छ ।

जनयुद्धका नेता, कार्यकर्ताहरुले आ आफ्नो सामाजिक सञ्जाल फेसवुकवालवाट उहाँहरु महान नेता तथा जनयुद्धका महान योद्धा भएको भन्दै गहिरो सम्झना गर्दै २२ औं स्मृति दिवस मनाएका हुन ।

उहाँको २२ औं स्मृति दिवसका अवसरमा कुनै माओवादी घटकहरुले खास्सै औपचारिक कार्यक्रम नगरेपनि अनौपचारिक रुपमा सामाजिक सञ्जालवाट उहाँहरु दुवै जनाको योगदानको गहिरो स्मरण गरिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य लोकजंग शाही (समर)ले आफ्नो फेसवुकवालमा उहाँहरु दुवैजनाले सिंगो कर्णालीको वर्गसंघर्षमा अतुलनीय योगदान पुर्याएको स्मरण गर्दै श्रद्धाञ्जली दिनु भएको छ ।

यस्तै रास्कोट नगरपालिकाका नगरप्रखुम धर्मराज शाही (पोषण)ले आफ्नो सामाजिक सञ्जाल फेसवुकवाल मार्फत रास्कोटको ठुलो अभिभावक गुमाएको दिन पुस २७ गते भएको स्मरण गर्दै महान सहिद विवश र इन्द्रजीतलाई श्रद्धाञ्जली दिनु भएको छ ।

रास्कोट कला संस्कृत साहित्य प्रतिष्ठानका अध्यक्ष कमलराज शाही (कञ्चन)ले उहाँहरु दुवै जनाको साहादत्त र स्मरण स्वरुप इन्द्रजीत वेआवस प्रतिभा पुरस्कार कोष वनाएर पालिका स्तरिय १० विद्यालयको सहभागीतमा कविता प्रतियोगिता सम्पन्न गरिएको फेसवुकवालमा जनाउनु भएको छ ।

यस्तै रास्कोट नगरपालिका समाजसेवी तथा स्वास्थ्यकर्मी हंसराज वरालले आफ्नो सामाजिक सञ्जाल फेसवुकवाल मार्फत उहाँहरु दुवै जनाको स्मण गर्दै भन्नु भएको छ “२०५७ सालको आजैको दिन मेरोघरमा सेल्टरवसिरहेको वेला पुष्पराज न्यौपाने (इन्द्रजीत) र विश्वनाथ योगी (विवश) तत्कालिन दंगा प्रहरी द्धारा लखेटि वनमा गोली प्रहार गरि हत्या गरिएको ऐतिहासिक दिन ! महान सहिद अमर रहुन ।”

उहाँहरु दुवै जना कालिकोटमा जनयुद्ध सुरु भएपछि विस्तार गर्ने योजनाकार मध्यका मुख्य पात्र हुनुहुन्थ्यो । उहाँहरु दुवै जना २०५७ साल पुस २७ गते रास्कोट क्षेत्रका शिक्षकहरुको अन्तरक्रिया कार्यक्रमको लागि फुकोट थोल्ममा पुग्नु भएको थियो ।

अचानक कार्यक्रम सुरु नहुदै रास्कोट मौलाकोट वाट सुराकीका कारण गस्तीमा भएको प्रहरीले घेराहाली लखेट्दै गोब्ब्रे भिरमा हत्या गरेको थियो । जनयुद्ध विस्तारका हस्ती विवश र इन्द्रजीत संगै तत्कालिन छापामार सदस्य मदनको समेत सो घटनामा उच्च साहदत्त भएको थियो । यो घटना भएको पुस २७ गते २२ वर्ष पुरा भएको छ ।

उहाँहरु दुवै जना कालिकोटमा मात्र होइन वाजुरा अछाम लगायतका वाहिर जिल्लामा समेत जनयुद्ध विस्तारमा ठुलो योगदान गरेका योद्धा हुनुहुन्थ्यो ।
तत्कालिकन समयमा दुवै जना नेकपा माओवादीको जिल्ला सचिवालय जिल्ला समिति सदस्य हुनुहुन्थ्यो । जिल्लाको पार्टी इन्चार्ज खड्क वहादुर विश्वकर्मा (प्रकाण्ड) हुनुहुन्थ्यो भने जिल्लाको सेक्रेटरी भरत वम (रणवीर) हुनुहुन्थ्यो ।

पार्टी योजनामा पार्टी कामकै शिलशिलामा काममा लागिरहेका वेला तत्कालिन सरकारका सुरक्षाकर्मीले हत्या गर्दा सिंगो कालिकोट जिल्ला अभिभावक विहिन जस्तै भएको थियो ।

उहाँहरुले जनयुद्धमा पुर्याउनु भएको योगदान जति चर्चा गर्दा पनि कमै हुने जनयुद्धकालिन कार्यकर्ताहरुले वताउने गरेका छन । सहिद विवस कर्णाली मुक्ति मोर्चाको अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको जीवनसंगीनी सहित २ भाई समेत जनयुद्धमै होमिनु भएको थियो ।
उहाँ रास्कोटको सिप्खाना कोलीगाउँमा जन्मनु भएको थियो । पेशाले शिक्षक भएपनि सो पेशा छोडेर जनयुद्धमा लाग्नु भएको थियो ।

यस्तै सहिद इन्द्रजीत फुकोटको चुत्रीकोटगाउँमा जन्मनु भएको थियो । उहाँ र उहाँकी जीवनसंगीनी शिक्षक पेशामा हुनुहन्थ्यो ।
तर जनयुद्धको सुरु भएपछि पेशा छोडेर उहाँ जनयुद्ध विस्तारमा कालिकोट र वाजुरा जिल्लामा लाग्न भएको थियो ।

उहाँहरुले देखाएको सपना अझै पुरा नभएको घरपरिवार,नेता,पार्टी कार्यकता र जनताले महशुस गरेका छन । सपना पुरा गर्ने वाटोमा लाग्न जरुरी छ । आज हामी माझ दुवै जना नभएपनि उहाँहरुको योगदानको उच्च सम्मान गर्दै ज्वाला खवर डट्कम परिवार हार्दिक श्रद्धासुमन व्यक्त गर्छ ।

प्रतिक्रिया दिनुहोस