३० माघ, कालिकोट । जिल्लाको रास्कोट नगरपालिका वडा नम्वर ८ वाँखरकोट घर भएका ८ बर्षिय कलेजो पीडित बालक साहसी टमट्टाको ज्यान वचार्ईदिन परिवारका सदस्यहरुले सहयोगको याचना गरेका छन ।
वालकका वुवा जंगे टमट्टा,आमा तुल्था टमट्टा, मामा छक्क तिरुवा र कुल तिरुवाले बच्चाको आर्थिक अभावले उपचार हुन निकै गाह्रो भएको भन्दै सबै सहयोगी मनहरुलाई सहयोग गरेर बच्चाको ज्यान बचाईदिन अपिल गरेका हुन ।
विगत ६ महिनादेखि विरामी भएका बालकको परिवारका सदस्यहरुले मजदुरी गरेर र ऋण गरेर भारतका केही अस्पताल र नेपालगंजको भेरी अस्पतालमा उपचार गराएका थिए ।
विरामीलाई कालो जण्डिस र कलेजोको समस्या भएको डाक्टरहरुले बताएपछि परिवारको आर्थिक अवस्थाले उपचार गर्न निकै कठिन भएको हो ।
भारतमा पुगेर मजदुरी गर्दै छोराको उपचार गराउनु भएका वुवा जंगेले करिव ५।६ लाख रुपैया खर्च गरिसक्दा पनि छोराको स्वास्थ्य अवस्था सुधार नभएको दुखेसो पोख्दै भन्नु भयो ‘ऋण सापटी गरेर उपचार गरिसके, अब दिने मान्छे पनि छैनन् । पैसाको अभाव भयो । डाक्टरहरुले धेरै खर्च लाग्ने भनेका छन । म कसरी उपचार गरौं ? मेरो छोरालाई बचाईदिन सहयोग गरिदिनु होस ।्’
आर्थिक अभावकै कारण विरामी बालकलाई अस्पतालमा राखेर उपचार गराउन नसकेर परिवारका सदस्यहरुले हाल कैलालीको लम्की स्थित मामा घरमा राखेका छन । विरामी वालक टमट्टा अहिले मृत्युसंग लड्दै जीवन रक्षाको याचना गरिरहेका छन । उनको ज्यान वचाउनको लागि सम्पूर्ण सहयोगी मनहरुले सक्दो आर्थिक सहयोग गरी मानबताको धर्म देखाईदिन हुन हामी सबैको अनुरोध छ ।
सहयोगका लागि विरामी वालकका मामा कुल तिरुवाको नाममा रहेको रास्कोट शाखाको ग्लोवल आईएमई बैङकको .खाता नम्वर १३७०७०१०११५७२८ मा वा यसमा राखिएको क्यूआर कोडमा रकम जम्मा गरी सहयोग गर्न सकिने छ ।
प्रत्येक्ष फोन गरेर सहयोग गर्न चाहेमा विरामी बालकमा मामा छक्क तिरुवाको ९७६५२१२१९५ नम्वरको मोवाईलमा सम्र्पक गर्न सकिने छ ।