नेकपाले देशभर ‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउदै

३० माघ, कालिकोट । विप्लव नेतृत्वको नेकपाले ३० औं जनयुद्ध दिवस देशभर भव्यताका साथ मनाउदै छ । २०५२ साल फागनु १ गते सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गरी नेपालमा जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्य राखेर तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा जनयुद्ध सुरु भएको थियो ।
जनयुद्ध एकपछि अर्को विजयतिर उन्मुख भइरहेको बेला राजतन्त्र विरुद्ध माओवादी र ७ संसदवादी दलहरु बिच ०६२।६३ को जनआन्दोलन सुरु भएको थियो ।
जनयुद्धको जगमा जनआन्दोलनको बलमा भएको आन्दोलनले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई देश संघीय लोकतान्त्रिक गणतन्त्र सम्म पुगेको छ । आज देश जुन ठाउँमा छ यो उपलव्धी जनयुद्धकै कारण भएको भन्दै नेकपाले जनयुद्ध दिवसलाई स्मरण गदैछ ।
नेकपाले जनयुद्धको मुल मर्म अझै पुरा नभएको र देशमा प्राप्त गणतन्त्र जनताको हातसम्म नपुगेको जिकिर गर्दै जनयुद्धको सपना पुरा गर्न तिर सबै माओवादी घटकहरु लाग्नुपर्ने बताइरहेको छ ।
जनयुद्ध दिवसलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लवले सल्यानमा हुने एक कार्यक्रममा एउटै मञ्चवाट सम्वोधन पनि गदैहुनुहुन्छ । माओवादी केन्द्र र नेकपा बिच देशका अधिकाँस ठाउँमा संयुक्त रुपमा जनयुद्ध दिवस पनि मनाउने तयारी छ ।
२०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि जनयुद्धको विधिवत रुपमा अन्त भएको घोषणा गरिएको थियो ।
विप्वलले जनयुद्ध अन्त्य गर्ने, सेना विगघटन गर्ने, हतियार बुझाउने जस्ता कुराको गम्भीर असहमति सहित बैचारिक विचलन भएको भन्दै प्रचण्डवाट अलग भएर नयाँ पार्टी बनाउनु भएको थियो ।
विप्लवले देशभर आफूले बनाएको नयाँ पार्टी नेकपालाई जनयुद्ध दिवस भव्य रुपमा मनाउन पार्टी कमिटीलाई निर्दैशन दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस