फाल्गुन १ गते जनयुद्ध दिवस ः बिहान बाजागाजा, दिउँसो भोज र बेलुका दिपावली

२९ माघ ,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले फाल्गुन १ गते हुने जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने भन्दै कार्यक्रमको रुपमा बिहान बाजागाजासहित सडक परिक्रमा गर्ने, दिउँसो भोजको आयोजना गर्ने र बेलुका दिप प्रज्वलन सहित दिपावली मनाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

महासचिव विप्लव सीद्वारा शनिबार एक परिपत्र जारी गर्दै जनयुद्ध दिवसको कार्यक्रम सार्वजनिक गरिएको हो ।

२०५२ साल फाल्गुन १ गतेबाट नेपालमा शुरु गरिएको जनयुद्ध पछि देशमा गणतन्त्र स्थापना भए पनि क्रान्तिको मुख्य उदेश्य अनुसार देशका मजदुर, किसान ,युवा ,महिला, देशभक्त र रास्ट्रीय पुँजीपति बर्गको जीवनस्तरमा कुनै परिवर्तन नअएको बरु बाह्य हस्ताक्षेप बढ्दै गएर देश तीव्र दलालीकरणको दिशामा गएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले एकीकृत क्रान्तिको कार्यदिशा अङ्गिकार गरिरहेको छ ।

यद्यपि तत्कालीन जनयुद्धको मुख्य नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टी पटकपटक सरकारको नेतृत्वमा पुगेको भए पनि जनयुद्ध र यस प्रक्रियामा बलिदान गरेका नेताकार्यकर्ताहरुलाई शहिदको समेत मान्यता अझै दिइएको छैन ।

नेपाल कम्युनिस्ट पार्टीले दोस्रो संविधान सभाको बहिष्कार गरे सङ्गै अहिलेको व्यवस्थाले मुलुकको अग्रगामी रुपान्तरण गर्न नसक्ने, जनयुद्ध , ०६२÷६३ को जनआन्दोलन र मधेस आन्दोलन , तथा थारुहट आन्दोलन लगाएतका मुद्दाहरूलाई सम्बोधन गर्न नसक्ने र देश अझ नवउपनिवेशवादको दुष्चक्रमा फस्दै जाने भन्दै एकीकृत क्रान्तिको प्रक्रियाबाट बैज्ञानिक समाजवाद ऐतिहासिक अनिवार्यता रहेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस