नेकपा उदयपुरले मिटर व्याजी र लघुवित्तकाे आतंकका विरुद्ध संघर्ष गर्ने

माघ २९, उदयपुर । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले महंगी, मिटरब्याज र बैङ्क तथा लघुवित्तको आतंकका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न बैठकले पार्टी केन्द्रले तय गरेको ६ महिने आवधिक योजनाअनुसार संगठन सुदृढ विस्तार सँगै मिटर ब्याजी, लघुबित्तको शाेषणकारी प्रवृत्तिका बिरुद्व जनसंघर्ष गर्ने निर्णय सहित चाैंथाे पुर्ण बैठक सम्पन्न गरेको हाे ।

यस्तै बैठकले जनताका मुद्धा मामिला र न्याय निरुपण गर्न पहल गर्ने, भ्रष्टाचार, प्राकृतिक स्रोत साधनको दाेहन नियन्त्रण गर्न संघर्ष गर्ने समेत निर्णय गरेको बताइएको छ ।

बैठकमा बाेल्दै नेकपा केन्द्रीय सदस्य तथा सगरमाथा व्यूरो इन्चार्ज शैलेश सी देशमा बढ्दो महंगी, कालोबजारी, मिटरब्याजकाे विरूद्वमा जनताको सुखदुःखकाे साथी भएर संघर्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

त्यस्तै बैठकले जिल्ला कमिटी सदस्यमा ८ जना थप गरेको छ । बैठकले उत्पादनलाई जोड दिएर भूगोल अध्यन गरि जिल्ला पार्टी छिटै उत्पादनमा लाग्ने निर्णय गरेको जिल्ला ईन्चार्ज अमृत सीले बताउनुभयो ।

जिल्ला सेक्रेटरी जित सीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा केन्द्रीय सदस्य तथा सगरमाथा व्यूरो इन्चार्ज शैलेश सीकाे प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्य प्रयास सी, जिल्ला ईन्चार्ज अमृत सी, प्रतिनिधि समिति सदस्य मिन प्रसाद सी, भोजपुर सेक्रेटरी तिलक सीकाे आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस