२०५२ फागुन १ गते अर्थात् आजकै दिन तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको दिन आज २७ बर्ष पुरा भएर २८ औं बर्षामा प्रवेश गरेको छ । नेपाली जनताले निरंङ्कुश शासन विरुद्ध १० वर्षसम्म लडाई लडेर दलालहरुलाई साम्राज्यवादीहरुलाई लखेटेर जनताको अधिकार सुनिश्चित गर्ने अठोट कदम चालेको दिन !
दस बर्षे जनयुद्ध तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र बाबुरामले शान्ति सम्झौतामार्फत् संसदीय व्यवस्थामा पतन गराएपछि बैज्ञानिक समाजवादी धारको नेतृत्व गर्दै आउनु भएका महासचिव कमरेड विप्लव सीको नेतृत्वको नेकपाले हरेक वर्ष जनयुद्ध दिवस मनाउदै आएको छ ।
सम्पूर्ण श्रमजीवी मजदुर किसान् जनयुद्धका घाइते, अपांङ्ग, आम नेताकार्यकर्ता लगायत देश प्रेमी जनसमुदायमा २८ औं जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यति भन्दैगर्दा आज हामी एउटा् विशेष मोडमा आएकाछौ । यकातिर राज्यले गणतन्त्रकै धज्जी उडाउदै छ त अर्को तिर हाम्रो उपलब्धिको कुनै रक्षा भएको छैन । आज हामीलाई घर न घाट बनाएको छ दश बर्ष जनयुद्ध लडेका जो यो देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन अह्म ७ अग्रमोर्चाको पङ्तिमा भएका हामी जस्तै हजारौं जनमुक्ति सेनाहरुको आजको हालत देख्दा हाम्रो औचित्य नै सखाप पार्न यो राज्यका दलालहरु लागि परेको तपाई हामी माझ छर्लङ्ग छ ।
केही दलालहरुले पैसाको साटगाँठमा हाम्रो नैतिकतालाई किन्ने कुचेस्टा गरेको पनि देखिएको छ । यो अबस्थामा हामी पूर्ब जनमुक्ति सेनाले आफ्नो –आफ्नो अधिकारलाई रक्षा गर्न र हाम्रो बलिदानी मार्फत ल्याएको गणतन्त्रको उपलब्धिलाई दुरुपयोग गर्ने दलालहरुको विरुद्ध फेरि आबश्यक परेको खण्डमा जस्तोसुकै परिस्थितिको सामाना गर्न तयारी हुने बेला पनि आएको छ । कामरेडहरु यो दलाल राज्य होस् उडाउन हामीले बाहेक यहाँ अरु कुनैको दम छैन ।
यसको लागि प्रतिबाद गर्ने एक मात्रै पार्टी हो जो अहिले प्रतिबन्ध पछि शान्तिपूर्ण राजनीतिमा आएर पनि स्वतन्त्र राजनीति गर्ने अधिकार जोकोही लाई छ । त्यो बिप्लवले पनि त्यही गुम्न लागेको हाम्रो अधिकारको निम्ति दलाल राज्यको विरुद्ध कडा प्रतिबाद गर्दै आउनुभएको छ । त्यो पार्टी प्रति एक अर्को गर्दै जनताको हुल देखेर अत्तालिएर एउटा् राजनीति पार्टीलाई प्रतिबन्ध लगाउयो तत्कालीन ओलि सरकारले !
नेकपा महासचिव कामरेड बिप्लवलाई हजारौं जनमुक्ति सेनाको सयोग पनि उत्तिकै छ । कामरेड हामी हाम्रो ज्यानको कुनै प्रबाह नगरी हिजो पनि लडेकै हौं र आज पनि दलाल राज्यको ज्यादतीका विरुद्ध आगो ओकल्ने शक्ति हामी संग छ । कमरेडहरु आउनुहोस् अब ढिलो नगरीकन एकीकृत जनक्रान्तिको यो विशेष यात्रामा सहभागी बनौं र तपाई हाम्रो जित निश्चितरुपमा हुने छ ।
हजारौं हजार नेताकार्यकर्ताको एउटा् सपनाहरू पूरा गर्ने एक मात्रै विकल्प हो । एकीकृत जनक्रान्तिहुदै बैज्ञानिक समाजबाद त्यसैले आज हामी फेरि हजारौं हजार जनमुक्ति सेनाको त्यो ताती देखेर अत्तालिनु बाहेक केही छैन । तत्कालीन केपीका भरौटेहरुले,२ महिनामा प्रतिबन्ध पछि सखाप गर्ने सपना देख्नेहरुलाई राम्रोसँग थाहा भयो होला । बिचारलाई दमनले परास्त पार्न सकिन्न भन्ने कुरा । हामी त बिचारमा अडिग छौं । त्यसैले आज एकीकृत जनक्रान्तिमा उत्तिकै उल्लेखनिय सहभागिता छ ।
यो कुनै केपी प्रचण्डहरुले मासु भात खुवाएर ल्याएको हुल होइन, योत स्वतन्त्र राजनीति गर्ने आफ्नो अधिकारलाई प्रयोग गर्दै देश र जनताको अधिकार सुनिश्चित गर्न लागेको हुल हो । आज भात मासु खाएर भोलि अर्कोतिर जाने शक्ति होइन । हेक्का रहोस् दलालहरुलाई हिजो पनि क्रान्तिकै पक्षमा थियो र भोली पनि परिवर्तनकै लागि आफ्नो बलिदानी दिन तयार हुने एउटा् विशेष ट्रान्सर्फस फोर्स हो ।
२८ औं जनयुद्ध दिबस आउदै गर्दा फेरि ती दिनहरूको यादले आज ताजै गर्दिएको छ । हिजो एउटै मोर्चामा सहभागी ती सहयोद्धाको अन्तिम दाहासंस्कार गर्दै गर्दा खाएको कसम पुरा गर्न नसक्दा लज्जास्पद भएको छ । नेताहरुको गद्दारिले गर्दा तपाईं हाम्रो सपनाहरू चकनाचुर बनाएका छ्न । कोही सत्तामा त कोही सत्ताबाहिर छ्न । ती वीर योद्धाको खुन पसिना माथी राजनीति गर्दै एउटा् अस्त्रको रुपमा प्रयोग गर्दै छ्न दुःख लाग्छ । यो सबै हेर्दै जादा अब सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एक हुँदै दलाल राज्यसत्ताका विरुद्ध धावा बोल्ने बेला आएको छ । आउनुहोस् एकीकृत जनक्रान्तिको यो महान अभियानमा सहभागी बनौं । अन्तमा पुन सम्पूर्ण जनसमुदायमा २८ औं महान जनयुद्ध दिबसको हार्दिक हार्दिक शुभकामना !
प्रतिक्रिया दिनुहोस