एमसीसी विरुद्ध कालिकोटमा युवा संगठनको विरोध प्रदर्शन


२८ फागुन,कालिकोट । विप्लव नेतृत्वको नेकपा सहितका दलहरुको युवा संगठनहरुले आज कालिकोटमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन ।
जिल्लाको रास्कोट ,खाडाचक्र नगरपालिका लगायतका ठाउँमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका हुन । राष्ट्रघाती एमसीसी चाहिदैन, देश वेच्न पाईदैन,सेर प्रचण्ड दलाल हुन,जनता सवै होसिया हौ,जस्ता नारा वाजी गरिएको छ ।

विरोध प्रदर्शन पछिको कोण सभामा वोल्ने नेताहरुले दलाल सरकारको राष्ट्रघाती चरित्र भएकाले एमसीसी पास गरिएको र यसलाई रोक्नु पर्ने वताएका छन ।

नेकपा लगायत ६ पार्टी र दुई मोर्चाका पूर्व घोषित संघर्षका कार्यक्रम अन्तरगत नेकपा लगायतका दलहरुका युवा संगठनहरुले विरोध प्रदर्शन गरेका हुन । देउवा नेतृत्वको सरकारले गत फागुन १५ गते नेपालको संसदवाट राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

नेकपा लगायतका दलहरुले एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता विरुद्ध नेपाललाई अमेरिकी सैन्य अखडा वनाउने उद्देश्यले ल्याएको भन्दै विरोध गर्दै आएका छन । ती दलका युवा संगठनहरुले शनिवार देशैभर विरोध प्रदर्शन गरेका छन ।
यसैविच वाँकेको नेपालगंजमा पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन भएको छ । युवा संगठनको अगुवाईमा एमसीसी विरुद्ध विरोध प्रदर्शन भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस