३० चैत्र, कालिकोट । नेकपा (एकीकृत समाजवादी) कालिकोटको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्न अध्यक्ष माधव कुमार नेपाल अहिले केहीबेरमा रास्कोट पुग्दै हुनुहुन्छ । एकीकृत समाजवादीले अधिवेशनको उद्घाटनका लागि सम्पूर्ण तयारी पुरा भएको बताएको छ । नेकपा (एकीकृत समाजवादी)ले आरसीपी बजारमा खुल्लासत्रमा अधिवेशनको उद्घाटन गर्न लागेको हो ।
अधिवेशनको उद्घाटन गर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल हिजै राकम पुग्नु भएको थियो । अध्यक्ष नेपाल अहिले रास्कोट पुग्ने एकीकृत समाजवादीका कालिकोट जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले बताउनु भयो ।
अध्यक्ष नेपाल रास्कोट पुग्ने भएपछि भव्य स्वागतको तयारी समेत गरिएको (एकीकृत समाजवादी)ले जनाएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले पार्टी कार्यकर्ता र रास्कोटी जनतालाई समाजवादी क्रान्तिको आवश्यकताबारे सम्वोधन गर्नुहुने छ ।
अध्यक्ष नेपालका साथमा पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री प्रकाश ज्वाला, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, पोलिटब्यूरो सदस्य अमरबहादुर थापा, प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, सचिव धीरबहादुर विष्ट, संविधानसभा सदस्य तुलाराज विष्ट, जिल्ला इन्चार्ज तुलाराज सिम्खाडा र सह–इन्चार्ज विजया विष्टलगायतका नेताहरूको पनि सहभागिता हुनेछ ।
बन्दसत्र
अधिवेशनको बन्दसत्र भने भोलिदेखि रास्कोटमा सुरु हुने छ । अधिवेशनमा करिव एक सय जना आयोजक र तीन सय जना प्रतिनिधि गरि कुल चार सय जना प्रतिनिधि पर्यवेक्षकहरुको सहभागीता रहने एकीकृत समजवादीले जनाएको छ ।
नेतृत्व चयनमा सक्भर सर्वसहमतको प्रयास गरिने तयारी छ । अध्यक्षमा अहिले कै अध्यक्ष चित्रसिंह गाउँले नै दोहोरीने सम्भावना रहेको आन्तरिक श्रोतले बताएको छ ।
अधिवेशनले विधान अनुसार १ अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव,३ उपसचिव सहित ६७ जना निर्वाचित गर्ने छ ।
तर अहिले कायम जिल्ला समितिमा भने अध्यक्ष चित्रसिंह गाउँले, उपाध्यक्ष दोय कमल बहादुर शाही, चन्द्रबहादुर शाही, सचिव कृष्णकला पाण्डे, उपसचिव अशोक कुमार शाही, मनसिंह धामी र धिरबहादु शाही सहित ८१ जनाको छ । एकीकृत समाजवादीले १० औं अधिवेशन आयोजनक समिति भने १ सय जनाको बनाएको छ ।