३० चैत्र, कालिकोट । नेकपा (एकीकृत समाजवादी कालिकोटको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्र रास्कोटमा सुरु भएको छ ।
र्याली तथा नारा जुलुस सहित बजार परिक्रममा गरी अधिवेशनको उद्घाटन सत्र सुरु भएको हो । अहिले उद्घाटन सत्रमा जनप्रतिनिधि तथा विभिन्न पार्टीका नेताहरुले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिईरहेका छन ।
अहिलेसम्म रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल,शान्तित्रिवेणी गाउँपालिकाका अध्यक्ष महेश केसी, जनमोर्चा नेपालका मिन बहादुर शाही लगायतका नेताहरुले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिनु भएको छ ।
अतिथिहरुको शुभकामना मन्तव्य दिनेक्रम सकिएपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शुभकमना मन्तव्य सहित अधिवेशनलाई सम्वोधन गर्नुहुने छ ।
अधिवेशनलाई आयोजकको तर्फबाट खाँडाचक्र नगरपालिकाका नगरप्रमुख तथा एकीकृत समाजवादीका उपाध्यक्ष कमल बहादुर शाहीले स्वागत मन्तव्य दिनु भएको छ । अधिवेशनको उद्घाटन सत्रमा नेताहरु बोल्ने क्रम जारी छ ।