३० चैत्र, काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा ध्रुवीकरणको लहर चलेको छ । आजमात्र काठमाडौमा विभिन्न पार्टी परित्याग गरी ३३ जना योद्धाहरु नेकपामा प्रवेश गरेका छन ।
प्रवेश हुनेहरु मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) लगायतका विभिन्न कम्युनिस्ट घटकबाट रहेका छ
हरि शंकर र राजु लामाको नेतृत्वमा ३३ जना नेता तथा कार्यकर्ताहरू नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ ।
नेकपा काठमाडौले स्वयंम्भुमा आयोजना गरेको वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन । नवप्रवेशीहरुलाई नेकपाका पोलिट व्यूरो सदस्य माईला सी र केन्द्रीय सदस्य चिरञ्जीवी सीले स्वागत गर्दै बधाई दिनु भएको थियो ।