बर्दियामा धान कुट्ने मिलमा वेरिएर एक वृद्ध महिलाको मृत्यु

२९ चैत्र,बर्दिया  । जिल्लाको गेरुवा गाउँपालिका २ उल्टनपुरमा धान कुट्ने मिलमा वेरिएर एक जना ७५ वर्षिय वृद्ध महिलाको ज्यान गएको छ ।

गेरुवा १ वगहिपुर घर भएकि अन्दाजी ७५ वर्षिय न्युउली थारुको आज विहान ८ वजे तिर धान कुट्ने आफ्नै मिलमा वेरिएर ज्यान गएको हो । धान कुटिरहेको वेला छेउतिर काम गरिरहेको अवस्थामा लगाएको कपडा र रौ मिलको पट्टामा वेरिएको छोरा श्यामनारायण वैद्यले जानकारी दिनु भयो ।

घटना लगत्तै शान्तिनगर वजारमा रहेको इलाका प्रहरी कार्यालयकोे प्रहरी टोलीले घटनाको मुचुल्का गरेको छ । मुचुल्का लगत्तै राजापुरमा शवको पोष्टमार्टम गर्न पठाइएको छ ।

प्रहरीका अनुसार मिलको पट्टामा थारुको कपडा र रौ वेरिएको थियो । त्यस लगतै मिल पट्किएको छ । मिलमा भएका अप्रेटर जेठा छोरा राजनारायण वैद्य र अन्य ग्राहकहरुले उद्धार प्रयास गरेका थिए । तर पनि वृद्ध थारुलाई वचाउन नसकिएको वताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस