अमेरिकी साम्राज्यवादले नेपालमा कम्युनिस्टको राताे झन्डा देख्न चाहादैन: नेता अनिल सी

२९ जेष्ठ, चितवन । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अमेरिकी साम्राज्यवादले नेपालमा कम्युनिस्टको राताे झन्डा देख्न नचाहेको बताउनु भयो ।

साेमबार चितवनमा जनपत्रकार संगठन नेपालको सचिवालयको बैठकलाई सम्वाेधन गर्दै नेता अनिल सीले यस्तो बताउनु भएको हाे ।

उहाँले भन्नु भयो “अमेरिकी साम्राज्यवादले नेपालमा कम्युनिष्टकाे राताे झण्डा देख्न नचाहेको र कम्युनिस्ट विरुद्ध विगत देखि नै नयाँ नयाँ पात्रहरू अगाडि सार्दै आएको र पुराना पात्रहरूबाट आफ्नो स्वार्थसिद्ध नहुने देखेपछि नयाँ पात्रको रूपमा रवि, गगन र सिके रावतलाई अगाडि सारेर फेरि आएको छ, यो नेपाली जनताको लागि धेरै खतरनाक छ, यसमा सवैले सचेत हुन पर्छ ।”

नेता अनिलले अबको निकासको अग्रगामी बाटो वैज्ञानिक समाजवाद मात्र भएको भन्दै नेपालमा अस्थीर राजनैतिक अवस्था आउनु दलाल संसदीय व्यवस्था भएको दावी गर्दै संसदीय व्यवस्था बदलेर समाजवादमा जानु अग्रगामी विकल्प भएको ठोकुवा गर्नु भयो ।

उहाँले अब नेपालमा समाजवादी माेर्चाे आवश्यक रहेको भन्दै छिट्टै गठन हुने पनि बताउनु भयो । नेता अनिलले समाजवादी माेर्चाद्वारा नेपालमा समाजवादका लागि संघर्ष अगाडि बढाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, “अहिले बाहिर विप्लव प्रचण्डसँग मिले भन्ने जुन हल्ला फैसलाको छ, त्यो भ्रम मात्रै हाे । साम्राज्यवाद कुनै न कुनै हिसाबले नेपालमा प्रवेश गरिसकेको छ र त्यसका विरूद्व एकीकृत भएर लड्नका लागि एउटा समाजवादी माेर्चाकाे रूपमा अगाडि जान खाेजेकाे हाे । त्यो पार्टी एकता नभएर माेर्चा मात्र हाे ।”

यस्तै नेकपा पाेलिट ब्युरो सदस्य तथा नारायणी ब्युरो इन्चार्ज एटम सीले नेपालमा समाजवाद आवश्यक छ र त्यसका लागि मिडिया माेर्चाे पनि कलम र माइककाे हतियार लिएर लड्ने माेर्चाे भएकोले यसको सुदृढ गर्न आवश्यक रहेको बताउनु भयो ।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माकाे अध्यक्षतामा बसेकाे बैठकले पत्रकार महासंघकाे सदस्यता सुदृढीकरण अभियान प्रति संगठन सकारात्मक भएको भन्दै नयाँ सदस्यता पाउनुपर्ने र मापदण्ड पुगेका पत्रकारलाई सदस्यता दिनुपर्ने र त्यसका लागि संगठनले पहल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सबै प्रदेशमा तालिम संचालन गर्ने, अहिलेको समसामयिक विषयमा अन्तक्रिर्या र गाेष्टी पनि गर्ने निर्णय भएको संगठनका सचिव बसन्त विश्वकर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस