हिमचुलीको ११ औँ स्थापना दिवसमा बिरामी र कैदीलाई फलफुल बितरण

 भदौ २६, कालिकोट । कालीकोट जिल्लामा क्रियाशिल हिमचुली कृषि सहकारी सस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा बिरामी र काराघारमा रहेका कैदीवन्दीलाई बुधबार फलफुल बितरण गरेको छ ।

हिमचुली कृषि सहकारी सस्थाले आफ्नो ११ औँ स्थापना दिवसको अवसर पारेर अस्पतालमा बिभिन्न रोगले थपा परेका बिरामी र गैरकानुनी काम गरेर आफ्नो अपराध मुक्त गर्न कानुनी कटघेरामा रहेका काराघारका वन्दीलाई फलफुल बितरण गरेको हो ।

धेरै जसो गैरसरकारी सँस्था हुन या सहकारी सँस्थाले स्थापना दिवसको अवसरमा बनभोज र रात्रीकालिन पाटीको आयोजना गरी मनाउने गरेपनि कालीकोटमा पहिलो पटक हिमचुली कृषि सहकारी सँस्थाले नागरिकको स्वास्थ्य र पोषण संग जोडिएको बिषयलाई छनोट गरी स्थापना दिवस मनाएको सँस्थाका अध्यक्ष कालीवहादुर महताराले वताउनुभयो् ।

उहाँले आफ्नो सँस्थाले बित्तिय क्षेत्रमा काम गरीरहेको र कृषिमा वढि जोड दिएकाले आफ्नो सहकारी सदस्यहरुको लगानीमा उत्पादन भएको स्याउ, केरा लगाएतका फलफुललाई बिरामीको आहार सम्म जोड्न सहकारी स्थापना दिवसको अवसर पारेको वताउनुभयो् ।

जिल्ला अस्पताल कालीकोटमा भर्ना भएका ३५ जना बिरामी र जिल्ला काराघार कालीकोटमा रहेका ४७ जना कैदीलाई स्याउ, केरा, टपी र फुट्ी बितरण गरिएको छ ।

फलफुल बितरणमा सहभागी नेकपा कालीकोटका अध्यक्ष धनजित शाहीले सभा सम्मेलन र रात्री भोज आयोजना गरेर सहकारीका सदस्य, कर्मचारी र सञ्चालक समितिलाई मात्र क्षणिक फाइदा हुने काम गर्नु भन्दा यो काम उदारणीय भएको वताउनुभयो् । उहाँले सबैले पिडामा रहेका नागरिकहरुको सानो सहयोगले उद्धार हुन थाले नेपाली समाज समृद्ध हुने वताउनुभयो् ।

फलफुल बितरणमा सहभागी जिल्ला अस्पताल कालीकोटका प्रमुख डाक्टर भिष्मप्रसाद पोख्रेलले बिरामी अवस्थामा स्याउ केरा जस्दा फलफुल खाँदा बिरामीलाई केही राहत हुने भन्दै कुनै समस्या नमानेर प्राप्त फलफुल खान आग्रह समेत गर्नुभयो् ।

डाक्टर पोख्रेलले धुम्रपान जन्य वस्तुको प्रयोगले मात्र बिरामीलाई थप संकटमा पार्ने भन्दै फलफुल र झोलिलो खाने कुरा जती पनि खान सकिने वताउनुभयो् । २०६६ सालमा स्थापना भएको हिमचुली कृषि सहकारी सँस्थाले जिल्ला भरी बित्तिय क्षेत्रको साथै पशुपालन, कृषिमा तरकारी खेती, वचत, आईएमी सेवा लगाएतका आर्थिक समृद्धीका क्षेत्रमा काम गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस