सडकले पहिरियो जमिन

भदौ २६, कालीकोट । स्थानीय सरकार सञ्चालन यता सबै भन्दा वढि बिकासको प्राथमिक्तामा छ सडक । सडक बिस्तारलाई स्थानीय सरकारले आफ्नो पहिलो योजनाका रुपमा राखेका छन् । हुन पनि सडक निमार्ण भएर गाडी चलेको नागरिकले देखेमा बिकास यो हो है भन्ने चलनचल्तीका कारणले पनि स्थानीय सरकारका प्रतिनिधिहरु सडक बिस्तारको योजनामा वढि केन्द्रीत भएको पाइन्छ ।

कालीकोटको साँनीत्रिवेणी गाउँपालिकाले आफ्ना सबै वडालाई सडकको पहुँचमा ल्याउनका लागि काम गरिरहेको छ । छोटो समयमा गाउँ देखी हाटवजार सम्म पुग्न पाउनु आफ्नो गाउँपालिका भित्रका नागरिकहरुको अधिकार भन्दै सडक निमार्णलाई जोड दिएको गाउँपालिका अध्यक्ष डम्वर वहादुर शाहीले वताउनुभयो् । उहाँले सडक देखिने बिकास हो, त्यसैले जनताको मन जित्नका लागि पनि सडकलाई जोड दिनु गाउँ सभामा एक मत भएपछि हामीले सडक बिस्तारको कामलाई यो वर्ष पनि निरन्तरता दिएका हौँ ।

अध्यक्ष शाहीले सडक खन्दा केही समस्या आएको वताउनुभयो् । भिरालो ठाउँ भएकाले मानविय श्रोत वाट सडक निमार्णमा ढिलाई हुदा स्र्काभेटर प्रयोग गर्नु परेको छ । स्र्काभेटरले सडक खन्दा जमिन पहिरोमा परिणत हुने खतरा वढेकाले नागरिकहरुमा अर्को निरासा आएको छ ।

सडक निमार्णका लागि गाउँपालिकाले स्थानियको खोतियोग्य जमिन निशुल्क मासिरहेको छ । केही जमिन सडकले लियो केही सडक खन्दा थर्केको जमिन पहिरोमा परिणत भएपछि जग्गा धनीहरु ठुलो मारमा परेको स्थानिय महन केसिले वताउनुभयो् । उहाँले सबै क्षेत्रवाट नागरिक पिडित हुने काम भएको सुनाउनुभयो् ।

गाउँपालिकाको वडा नं ९ मा स्थित वालीपाटाको मकैवारी पुरै पहिरोमा परिणत भएको छ । जेठमा सडक खनियो, त्यसपछि वाँकी रहेको जमिनमा मकै लगाएको थियो । तर वर्षातको पानीले सडक छेउको पुरै जमिन पहिरोमा परिणत भएपछि किसानलाई निकै समस्या भएको स्थानिय पहलमान धामीको गुनासो छ । मकैवारी पहिरोमा परिणत हुदा किसानलाई दुख छ ।

साथै त्यहाँवाट आउजाउ गर्ने नागरिकहरुलाई झनै ठुलो जोखिम वढेको छ । वातावरणीय प्रभाव मुल्यांकन नगरी खनिएका सडकले गर्दा वस्ती नै पहिरोको उच्च जोखिममा रहेको विपदको क्षेत्रमा काम गदै आउनु भएका प्राबिधिक लिलाराज न्यौपानेले वताउनुभयो् ।

प्रतिक्रिया दिनुहोस