वालवालिका बिद्यालय पठाउन निरन्तर अभियान

भदौ २६, कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका भित्रका वस्तीमा वालवालिका बिद्यालय पठाउन निरन्तर अभियान चलिरहेको छ ।

प्राबि तहको पढाई पुरा भएपछि बिषेश गरी वालिकाले बिद्यालय छोड्ने र वालविवाह गर्ने दर वढ्ने भएकाले बिद्यालय नछोड्न घरदैलौ अभियान गरिदै आएको हो ।

अबिभावकले पनि बिद्यालय नछोड्न सुझाव नदिदा वालिकाको बिद्यालय छोड्ने दर वढेपछि अबिभावक शिक्षाका साथै घरदैलो अभियान सञ्चालन गरिदै आएको अभियान्ता प्रकाशवहादुर शाहीले वताउनुभयो् । उहाँले हामीमा गाउँमा आउदा धेरै वालवालिका बिद्यालय छोडेका थिए । सबै घरमा अभियान चलाउदा फेरी बिद्यालय जान सुरु गरेको वताउनुभयो् ।

किर्डाक नेपाल कालीकोटवाट सञ्चालित सहयात्रा दोस्रो परियोजनाका कार्यक्रम संयोजक शाहीले वालविवाह न्युनिकरण, वालअधिकार र गुणस्तरिय शिक्षाको क्षेत्रमा कार्यक्रम नभएको भए धेरै वालवालिक बिद्यालय छोड्न वाध्य हुने आफुलाई अनुभुति भएको वताउनुभयो् ।

गाउँपालिकाको वडा नं १ छातीका धनवहादुर रामजालीले कक्षा ३ सम्म गाउँमै पढ्नु भयो् । उहाँ २०३८ सालमा मान्म गएर ८ कक्षा पास गरी हुलाकमा रोजगारी पाउनुभयो् । उहाँले आफ्नो छोरीले कक्षा ८ सम्म पढेर बिचैमा छोड्दा सामाजिक अभियान्ता वोलाएर फेरी बिद्यालय पढाउन लगाउनुभयो् ।

आफ्नो कुराले बिद्यालय जान इच्छुक छोरी नभएपछि सामाजिक अभियान्ताको सहयोग लिएर आफ्नी छोरी सुनिता रामजाली मगर हाल कक्षा ९ मा भर्ना भएर पढिरहनु भएको छ ।

अहिले छातीमै जनता माध्यमिक बिद्यालय सञ्चालन भएकाले पनि पढाउन समस्या नभएको रामजालीको भनाई छ । जनजाती समुदायको वसोवास भएको छातीमा सुरुमा माध्यमिक तहको बिद्यालय थिएन ।

हाल आएर माध्यमिक तहको बिद्यालय भएपछि शैक्षिक अभियान्तालाई पनि बिद्यालय पढ्न पर्छ भनेर सहजिकरण गर्न सजिलो भएको अर्का अभियान्ता जगनाथ धितालले वताउनुभयो् । उहाँले आफुले घरदैलोमा गएर बिद्यालय पढ्नु पर्छ भन्दा आजभोली बिद्यालय आउने वालवालिकाहरुको दर पनि वढेको वताउनुभयो् ।

प्रतिक्रिया दिनुहोस