सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, ९ बजे शपथ हुदै

२७ भाद्र,काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ । शितल निवासमा यो सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउदै हुनुहुन्छ ।
राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको ९ बजे शपथग्रशण कार्यक्रम हुनेछ ।
यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । कार्कीसहित जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुग्नु भएको थियो ।
कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । पोखरेलले भन्नु भयो , ‘यसबारे कार्कीको नियुक्तिसँगै सहमतिको औपचारिक जानकारी आउनेछ ।’
स्रोतका अनुसार जेनजी अभियन्ताको राष्ट्रपति कार्यालय घेर्ने र सेना प्रमुख अशोकराज सिग्देलको संकटकाल लगाउने अवस्था आउन सक्ने चेतावनीपछि राष्ट्रपति पौडेल संसद् विघटनबारे आफ्नो अडानबाट ब्याक हुनु भएको छ ।
यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिनु भएको थियो । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस