जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त


२७ भदौ, जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त हुनु भएको छ ् । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।
संक्रमणमुक्त भएपछि उहाले भन्नु भयो ‘संक्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो । हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो । कोरोना जितेर बाँचेकाको समाचारले खुशी तुल्याउथ्यो । मृत्युको खबरले खुशीमा ह्रास आउँथ्यो ।’

आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको जनाउँदै उहाले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको बताउनु भयो । हरेकले आत्मबल बलियो बनाउँदा कोरोनामाथि विजय हुने उहाको विश्वास थियो । एक हप्ताको आइसोलेशन बसाइपछि नियमित काममा आउने प्रजिअ थापाले जानकारी दिनु भयो ।
कोरोना संक्रमणमुक्त हुनु भएका अधिवक्ता दिलबहादुर महतले कोरोनाले भन्दा यसको आतंकले मानिस बढी प्रभावित भएको बताउनु भयो । कोरोना भाइरसलाई महामारी र आतंक बनाएर समाजमा भएका अनियमित क्रियाकलाप रोक्नतर्फ सरकारलाई ध्यान पुर्याउन उहाले आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस